शक्ति बाँडफाँट गर्न बालुवाटारमा सत्ता साझेदारको बैठक सुरु
एक्सन खबर
१४ पुस, काठमाडौं । मन्त्रिपरिषद् गर्न र शक्ति बाँडफाँड गर्न सत्ता साझेदार दलहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । प्रधानमन्त्री प्रचण्डसहित सरकारलाई समर्थन गरेका दलका शीर्ष नेता बैठकमा सहभागी भएका छन् ।
मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँट गर्न शीर्ष नेताहरुको बैठक बसेको बताइएकाे छ । बैठकमा संघीय सरकारको मन्त्रिपरिषद् विस्तारका साथै प्रदेश सरकार गठनको विषयले पनि प्रवेश पाउनेछ ।
प्रमुख सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष र प्रधानमन्त्री प्रचण्डबीच बुधबार खुमलटारमा साढे दुई घण्टा एकल वार्ता भएको थियो । उक्त वार्तामा उनीहरुबीच भागबन्डाको न्यूनतम सहमति भएको स्रोतले जनाएकाे छ ।
आजको बैठकमा सबै सत्ता साझेदार दलहरुबीच शक्ति बाँडफाँडको सहमति प्रयास हुनेछ । पहिलो चरणमा केन्द्रमा प्रचण्ड नेतृत्वमा नेकपा एमाले, रास्वपा र जनमत पार्टी सम्मिलित ८ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । प्रदेशहरुमा भने सरकार गठनको तयारी भइरहेको छ ।
0 प्रतिकृया