बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीको वान टू वान वार्ता
एक्सन खबर
काठमाडौं, १५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा दुई सत्तासाझेदार दलका शीर्षनेताबीच भइरहेको वान टु वान छलफलमा मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा कुराकानी भइरहेको छ ।
सरकारको साझा न्युनतम कार्यक्रम बनाउने जिम्मेवारी पाएका अध्यक्ष ओली शुक्रबार बिहान ९ बजेतिर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् । दुई घण्टादेखि चलिरहेको छलफलमा मन्त्रिपरिषद् विस्तार, प्रादेशिक सरकार निर्माणलगायत शक्ति बाँडफाँटका विषयमा कुराकानी भइरहेको छ । फाेटाे फायलः
0 प्रतिकृया