Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


कांग्रेस संसदीय दलको बैठकले के के निर्णय गर्रयाे ?

एक्सन खबर
पौष, २३, २०७९


कांग्रेस संसदीय दलको बैठकले के के निर्णय गर्रयाे ?

काठमाडौं, २३ पुस । आगामी २६ पुस बिहान पुनः बस्ने गरी कंग्रेस संसदीय दलको बैठक सकिएको छ । सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा सबै तहका नेता कार्यकर्ता र आमजनतालाई धन्यवाद दिएको छ ।

कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले  प्रचण्ड नेतृत्वकाे सरकारलाई समर्थन गर्ने नगर्ने विषयमा पुस २६ गते विहान बैठक डाकेकाे छ । 

प्रतिनिधिसभामा प्रभावकारी र जिम्मेवार भूमिका निभाउँदै जनताको विश्वास अपेक्षा बमोजिम कार्य गर्न एकताबद्ध ढंगले अघि बढ्ने प्रतिबद्धता समेत जनाएकाे छ ।

यी हुन् कांग्रेस बैठकका निर्णयहरू

१. नेपाली काँग्रेस संसदीय दलको यो प्रथम बैठक गत मंसिर ४ मा सम्पन्न निर्वाचनबाट नेपाली काँग्रेसलाई सबैभन्दा ठूलो दलका रूपमा निर्वाचित गर्ने आदरणीय मतदाताप्रति हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्दछ ।
२. निर्वाचनमा पार्टीलाई पहिलो पार्टी बनाउन भूमिका निर्वाह गर्नु हुने पार्टीका सबै साथीहरुलाई यो बैठक हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
३. स्थानीय तहको निर्वाचनपछि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा नेपाली काँग्रेस नेतृत्वको निवर्तमान सरकारलाई यो बैठक बधाई तथा धन्यवाद ज्ञापन गर्दछ ।
४. प्रतिनिधिसभामा प्रभावकारी र जिम्मेवार भूमिका निभाउँदै जनताको विश्वास र पार्टीका साथीहरूको अपेक्षा बमोजिम कार्य गर्न एकताबद्ध ढंगले अघि बढ्ने यो बैठक प्रतिबद्धता व्यक्त गर्दछ ।
५. यो बैठक प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सफलता साथ सम्पन्न गरेकोमा निर्वाचन आयोग, सुरक्षा निकाय, समग्र कर्मचारी प्रशासन, नागरिक समाज, बुद्धिजीवी र निर्वाचनमा संलग्न सबैको भूमिकाको उच्च सराहना गर्दछ ।
६. निर्वाचनको समयमा जनतालाई निरन्तर सुसूचित गर्ने सम्पूर्ण सञ्चार माध्यमप्रति यो बैठक सम्मान प्रकट गर्दछ ।
७. यो बैठक संसदीय दलको कार्यसमितिलाई पूर्णता दिने प्रक्रिया यथाशीघ्र प्रारम्भ गर्ने निर्णय गर्दछ ।
८. नेपाली कांग्रेस संसदीय दलको अर्को बैठक यही २६ पुस  बिहान ९:०० बजे बस्ने निर्णय गर्दछ ।

शोक प्रस्ताव :
१. यो बैठक नेपाली कांग्रेसका नेता एवं संविधान सभा सदस्य माननीय कुलबहादुर आले र पूर्व सांसद श्री मैया देवी श्रेष्ठको निधन प्रति गहिरो शोक व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । २. निर्वाचनको क्रममा बाजुरा जिल्ला त्रिवेणी न.पा. वडा ७ को मतदान केन्द्रमा प्रहरीको गोलीबाट मृत्यु भएका ने.वि.संघका नेता संजिव ऐडीको मृत्यु प्रति गहिरो शोक व्यक्त गर्दै यो बैठक दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।














0 प्रतिकृया