Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


निषेधको राजनीति अन्त्य हुनुपर्छ : राजेन्द्र लिङ्देन

एक्सन खबर
पौष, २५, २०७९


निषेधको राजनीति अन्त्य हुनुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं, २५ पुस । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निषेधको राजनीति अन्त्य हुनुपर्ने बताएका छन् । संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले निषेधको राजनीति अन्त्य गरेर सबैको अस्तित्व स्वीकार्नुपर्ने बताए ।

जनमतले कुनै पनि एक दलमात्र अघि बढ्न सक्ने म्यान्डेट नदिएकाले वर्तमान सरकारलाई राप्रपाले समर्थन गरेको उनको भनाइ छ । देशलाई शीरमा राखेर मुलुकको सबै समस्या समाधान गर्नुपर्ने बताउँदै उनले यसमा राप्रपा तयार रहेको र सरकारलाई सहयोग गर्ने बताए ।
 













0 प्रतिकृया