Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


भौगोलिक अखण्डताका लागि संघीयता अपरिहार्य: सिके राउत

एक्सन खबर
पौष, २५, २०७९


भौगोलिक अखण्डताका लागि संघीयता अपरिहार्य: सिके राउत

काठमाडौं, २५ पुस । जनमत पार्टी अध्यक्ष तथा दलका नेता चन्द्रकान्त राउत (सिके राउत) ले देशको भौगोलिक अखण्डताका लागि संघीयता अपरिहार्य रहेको बताएका छन् ।

प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले देश जातीय तथा धार्मिक विधितायुक्त रहेकाले भौगोलिक अखण्डताका लागि संघीयता अपरिहार्य रहेको बताएका हुन् । यसका लागि आफू नै उदाहरण रहेको उनको भनाइ छ ।

राउतले संसद्मा उपस्थित भएर बोल्न पाउँदा नयाँ अनुभूति भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा उनले विगतमा आफ्नो नाम पनि लिन निषेध रहेको भन्दै उनले अहिले लोकतान्त्रिक व्यवस्था र जनताको अभिमतले सम्भव भएको बताए । 'कुनै बेला मेरो नाम मात्रै लिन पनि निषेध गरिएको थियो, त्यो ठाउँमा आज आफैं आएर उभिँदा नयाँ अभुनूति दिएको छ । यसका लागि लोकतान्त्रिक व्यवस्था र जनताको अभिमतलाई धन्यवाद दिन चाहन्छु ।' राउतले भने ।

बहुदलीय लोकतन्त्रलाई संरक्षण गर्न, शिक्षा, स्वास्थ्य र रोजगारीका आकांक्षा पूरा गर्न सरकार गम्भिर भएर लाग्नुपर्ने राउतको भनाइ थियो ।













0 प्रतिकृया