Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


प्रचण्डलाई विश्वासको मत दिने लोसपा र एकीकृत समाजवादीकाे निर्णय

एक्सन खबर
पौष, २६, २०७९


प्रचण्डलाई विश्वासको मत दिने लोसपा र एकीकृत समाजवादीकाे निर्णय

काठमाडौं, २६ पुस । लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार बसेको लोसपा संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका नेता केशव झाले जानकारी दिए ।

सरकारलाई विश्वासको मत दिए पनि सरकारमा सहभागी हुुने या नहुने विषयमा कुनै निर्णय नभएको उनले बताए । ‘संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ,’ उनले भने, ‘तर, सरकारमा सहभागी हुन नहुने विषयमा कुनै पनि निर्णय भएको छैन ।’

यस्तै, नेकपा एकीकृत समाजवादीले पनि प्रचण्डलाई विश्वासको मत लिने निर्णय गरेको छ । मंगलबार नै बसेको सचिवालय बैठकले आफूहरुको एजेण्डा कार्यान्वयन गर्ने शर्तमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

एजेण्डा कार्यान्वयन नगरे समर्थन फिर्ता लिन मिल्ने गरी प्रतिपक्षी दलको भूमिकामा रहने बैठकले निर्णय गरेको छ । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए पनि पार्टी भने प्रतिपक्षमै बस्ने  महासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले मंगलबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् । एकीकृत समाजवादीका १० सांसद छन् ।
 













0 प्रतिकृया