Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


पाँच वर्षमा दाेहाेराे अंकको आर्थिक वृद्धिदर नजिकमा पुर्‍याउने प्रधानमन्त्रीकाे घाेषणा

एक्सन खबर
पौष, २६, २०७९


पाँच वर्षमा दाेहाेराे अंकको आर्थिक वृद्धिदर नजिकमा पुर्‍याउने प्रधानमन्त्रीकाे घाेषणा

काठमाडौं, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्षभित्र देशको आर्थिक वृद्धिदर दुई अंकको नजिकमा पुर्याउने प्रतिबद्धता जनाएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले लक्ष्य अनुसार राजश्व नउठ्दा आर्थिक अवस्था कमजोर रहेपनि पाँच वर्षभित्र आर्थिक वृद्धिदर दाेहाेराे अंकको नजिक पुर्याउने बताएका छन् ।

यसमा सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ । वैदेशिक लगानी भित्र्याउने र पूर्वाधार विकासमा जोड दिने जानकारी दिएका प्रचण्डले स्वदेशी उत्पादनलाई निर्यातमा जोड दिने बताए ।

रोजगारी हुने क्षेत्रमा सरकारको लगानी हुने बताएइका उनको लगानीमैत्री वातावरण निर्माणमा  गरिने बताए । मलको अभाव हुन नदिने र मल कारखाना खोलिने पनि प्रधानमन्त्री प्रचण्डले बताए । जारी बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदैछन् ।
 
प्रधानमन्त्री प्रचण्डले दलहरूबीच अर्थपूर्ण सहकार्य आवश्यक रहेको बताएका छन् । उनले आफूले दलहरूबीच सहकार्य आवश्यक रहेको भन्दै त्यसका लागि आग्रह गरेको बताए । उनले अहिले पनि देश शान्तिपूर्ण अवस्थामा नआइसकेकाले आफू फरक ढंगले प्रधानमन्त्रीको भूमिका निर्वाह गर्न लागिपरेको बताए ।

‘शान्ति सम्झौतामा हस्ताक्षरकर्ताको नाताले अझै पनि केही काम गर्न बाँकी छ । त्यो बाँकी काम म यसपटक प्रधानमन्त्री हुँदा पूरा गर्न लागि पर्छु,’ प्रचण्डले भने ।













0 प्रतिकृया