Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


राष्ट्रपति र उपराष्ट्रपतिका विषयमा सहमति भएको छैन : प्रधानमन्त्री

एक्सन खबर
पौष, २६, २०७९


राष्ट्रपति र उपराष्ट्रपतिका विषयमा सहमति भएको छैन : प्रधानमन्त्री

काठमाडौं, २६ पुस । प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग शक्ति बाँडफाँटको विषयमा कुनै सहमति नभएको प्रतिक्रिया दिएका छन् । मंगलबार बसेको प्रतिनिधिसभामार्फत् विश्वासको मत प्राप्त गरेर बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग राष्ट्रपति, उपराष्ट्रपतिका विषयमा सहमति नभएको बताएका हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न सोमबार साँझ प्रधानमन्त्री प्रचण्ड धुम्बाराही पुगेका थिए । यसपछि मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको छ । जसकारण प्रधानमन्त्री प्रचण्ड र कांग्रेसबीच शक्ति बाँडफाँटका विषयमा सहमति भएको हो कि भन्ने आशंका उब्जिएका बेला प्रधानमन्त्री प्रचण्डले कुनै पनि सहमति नभएको प्रतिक्रिया दिएका हुन् ।

२६८ सा‌ंसदकाे समर्थनसहित प्रधानमन्त्री प्रचण्डले विश्वासकाे मत पाएका छन् । प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेसँगै प्रतिवद्धता नभुल्ने बताएका छन् । २७५ सदस्य रहेको प्रतिनिधिसभाको बैठकमा २७० जना सांसद उपस्थित भएकोमा प्रचण्डले २६८ मत पाएका छन् । उनको विपक्षमा २ मत परेको छ ।

२७५ सदस्यीय संसद्मा कांग्रेसका एकजना सांसद निलम्बनमा परेका छन् भने मनोरमा शेरचन, किशोरसिंह राठौर र अम्बिका बस्नेत अनुपस्थित भएका थिए । भने जेष्ठ सदस्य पशुपतिशमशेर जबरा सभामुखको भूमिकामा थिए । प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन् ।













0 प्रतिकृया