Follow us:


Follow us

६ जेठ २०८३, बुधवार
६ जेठ २०८३, बुधवार


एमाले जिल्ला अध्यक्ष भण्डारी र केन्द्रीय सदस्य गौतमलाई कारवाहीको माग

एक्सन खबर
असोज, १२, २०८०


एमाले जिल्ला अध्यक्ष भण्डारी र केन्द्रीय सदस्य गौतमलाई कारवाहीको माग

मोरङ, १२ असोज । नेकपा (एमाले) कोशी प्रदेशको प्रथम अधिवेशनमा दुई केन्द्रीय सदस्यलाई कारवाही गर्नुपर्ने भन्दै प्रा.डा. बद्रीविशाल पोखरेल ब्यानरसहित धर्नामा बसेका छन् । एमालेको जनताको बहुदलीय जनवादका हिमायती बाम विष्लेशक समेत रहेका पोखरेल एमाले केन्द्रीय सदस्यद्वय लक्ष्मी गौतम तथा जिल्ला अध्यक्ष समेत रहेका रेवती भण्डारीलाई कारवाही गर्नुपर्ने माग सहित धर्नामा बसेका हुन् ।

पार्टी विरोधी गतिविधि गरेको, आफ्नै पार्टीका उम्मेदवारलाई हराउन सक्रिय रहेकोले इमान्दार पार्टीप्रति बफादार कार्यकर्तालाई मात्र उचित जिम्मेवारी दिन माग गर्दै अधिवेशन स्थलमा धर्ना दिएका हुन् । पोखरेलसँगै कोशी प्रदेश एमाले सल्लाहकार मिथिला पोखरेल समेत धर्नामा छिन् । सुनसरीमा एमाले नेताहरु रेवती भण्डारी र लक्ष्मी गौतमले विक्रिति ल्याएको भन्दै ‘सुनसरीका विकृत नेताहरु विरुद्धको आवाज’ शिर्षकमा पर्चा समेत बाँडिएको थियो ।

एमाले सुनसरी जिल्ला कमिटीले स्थानीय तहको समिक्षात्मक प्रतिवेदनमा स्थानीय तहका उम्मेदवारलाई हराउन केन्द्रीय सदस्य लक्ष्मी गौतम र जिल्ला अध्यक्ष रेवती भण्डारीको महत्वपूर्ण भूमिका रहेको भन्दै उनीहरुलाई कारवाही गर्न भनिएकोमा सोको कार्वान्वयन गर्न माग गरिएको छ ।

एमाले कोशी प्रदेशको नयाँ नेतृत्वका लागि विनोद ढकाल र घनश्याम खतिवडाविच प्रतिष्पर्धा देखिएको छ । अधिवेशनले एमाले पार्टी सचिव तथा कोशी प्रदेश इन्चार्ज रघुविर महासेठको अध्यक्षतामा ११ सदस्यीय अध्यक्ष मण्डल बन्ने भएको छ ।













0 प्रतिकृया