Follow us:


Follow us

२८ भदौ २०८३, आइतवार
२८ भदौ २०८३, आइतवार


आयोगको टोलीलाई दुर्व्यवहार गर्ने गाउँपालिका अध्यक्षले माफी मागे

एक्सन खबर
पाैष २६, २०७८


आयोगको टोलीलाई दुर्व्यवहार गर्ने गाउँपालिका अध्यक्षले माफी मागे

खोटाङ । खोटाङमा राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई दुर्व्यवहार गरेका बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले माफी मागेका छन् । मानव अधिकार उल्लंघनको अवस्थाको अनुसन्धान एवं अल्पसंख्याकको मानव अधिकारको अवस्थाको विषयमा अनुगमनमा हिँडेको आयोगको टोलीलाई दुर्व्यवहार गरेका गाउँपालिका अध्यक्ष बञ्जराले माफी मागेका हुन् ।

शनिबार बिहान गाउँपालिका अध्यक्ष बञ्जराको घरमा पुगेका बेला मादक पदार्थ सेवन गरेको अवस्थामा रहेका बञ्जराले राष्ट्रिय मानव अधिकार प्रदेश १ शाखा कार्यालय खोटाङका प्रमुख श्यामबाबु काफ्लेसहितको टोलीलाई दुर्व्यवहार गरेका थिए । गाउँपालिका अध्यक्ष बञ्जराले आइतबार खोटेहाङ गाउँपालिका पुगेको मानव अधिकार आयोगको टोलीलाई भेटेर लिखित माफी मागेका हुन् ।

याे पनि

मानव अधिकार आयोगको टोलीलाई गाउँपालिका अध्यक्षले दुर्व्यवहार गरेको उजुरी


गाउँपालिका अध्यक्षले अञ्जानवश दुर्व्यवहार भएकोप्रति आत्मालोचित हुँदै अबउप्रान्त उक्त प्रकारको दुर्व्यवहार नगर्ने शर्तमा एकपटकका लागि क्षमा मागेकाले माफी दिइएको राष्ट्रिय मानव अधिकार प्रदेश १ शाखा कार्यालयका प्रमुख काफ्लेले बताए ।

काफ्लेलाई अश्लील शव्द प्रयोग गरी कठालोमा समाएर दुर्व्यवहार गरेको भन्दै गाउँपालिका अध्यक्षविरुद्ध घटनालगत्तै प्रहरीचौकी हुक्नाजोर, फाक्टाङमा कारबाहीका लागि उजुरी परेको थियो ।

नशामा रहेका गाउँपालिका अध्यक्षले टोलीलाई गालीगलौज र दुर्व्यवहार गर्दै अश्लील शव्दको प्रयोग गरेको आयोगले जनाएको छ ।













0 प्रतिकृया