Follow us:


Follow us

२८ भदौ २०८३, आइतवार
२८ भदौ २०८३, आइतवार


२५ जनाभन्दा बढी भेला नहुन गृहकाे निर्देशन राप्रपाद्वारा अवज्ञा

एक्सन खबर
पाैष २७, २०७८


२५ जनाभन्दा बढी भेला नहुन गृहकाे निर्देशन राप्रपाद्वारा अवज्ञा

काठमाडौं । गृह मन्त्रालयले एक नोटिस जारी गर्दै २५ जनाभन्दा बढी भेला हुन नपाउने भनेकोमा राप्रपा नेपालले अवज्ञा गरेकाे छ । कोभिड महामारी तीव्र बढेपछि रोकथाम र न्यूनीकरणका लागि गृहले देशभर सर्कुलर गरेको ३६ घन्टा बित्न नपाउँदै राजनीतिक दल र नागरिकस्तरमै त्यसको उल्लंघन गरिएको छ ।

पृथ्वीनारायण शाहको ३००औं जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा मंगलबार काठमाडौंको भद्रकालीदेखि सिंहदरबारसम्मको सडकमा मानिसको बाक्लो भिड देख्न सकिन्छ । सरकारले सार्वजनिक बिदा नदिए पनि स्वतस्फूर्त ढंगले राष्ट्रिय एकता दिवस मनाउन थालिएको छ ।

सिंहदरबार अगाडि पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा चढाउने र माल्यार्पण गर्नेको भिड लागेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पगुच्छा चढाएर फर्केलगत्तै पूर्वराजा ज्ञानेन्द्र शाह माल्यार्पणका लागि पुगेका थिए । त्यसबेला सयौंको भिड लागेको थियो । उनका समर्थकले नाराबाजी गरेका थिए ।



पृथ्वी जयन्तीको अवसर पारेर राप्रपाले भृकुटीमण्डपमा कोणसभा आयोजना गरेको छ । त्यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन हजारौंको जुलुस लिएर पृथ्वीनारायण शाहको सालिकमा फूलमाला चढाउन पुगेका थिए । सबैले स्वास्थ्य सतर्कता पालना गरेको देखिएन ।

सिंहदरबार अगाडिको पृथ्वी सालिक सामुन्ने उभिएर राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘पृथ्वीनारायण शाहले नेपाल निर्माण नगर्नु भएको भए विद्यादेवी भण्डारी कुन देशको राष्ट्रपति र शेरबहादुर देउवा कहाँको प्रधानमन्त्री हुनुहुन्थ्यो ?’













0 प्रतिकृया