Follow us:


Follow us

२८ भदौ २०८३, आइतवार
२८ भदौ २०८३, आइतवार


प्रदेश एकमा पाखा लागे १० बुँदे पक्षधर

एक्सन खबर
पाैष २७, २०७८


प्रदेश एकमा पाखा लागे १० बुँदे पक्षधर

विराटनगर । नेकपा एमाले प्रदेश १ मा १० बुँदे पक्षधर कमजोर देखिएको छ । १२ जिल्लाको अधिवेशन सकिँदा १ जिल्लामा मात्रै १० बुँदे पक्षधरका नेता अध्यक्ष बनेका छन् । पूर्व मुख्यमन्त्री शेरधन राईको गृह जिल्ला भोजपुरमा शरण राई अध्यक्ष बनेका छन् ।

आफूलाई बलियो बनाउनका लागि पूर्व मुख्यमन्त्री राईले शरणलाई सर्वसम्मत अध्यक्ष बनाएका हुन् । अन्य जिल्लामा भने १० बुँदे पक्षका नेताहरू पाखा लागेका हुन् । यसअघि नेतृत्व गरिरहेका तेह्रथुमका अध्यक्ष लक्ष्मण तिवारी तथा ताप्लेजुङका बलबहादुर साम्सोहाङ भने पाखा लागि सकेका छन् ।

शुक्रबारदेखि जारी एमाले जिल्ला अधिवेशनले सखुवासभा र सुनसरी बाहेकमा नेतृत्व टुङ्गाएको छ । सुनसरीमा अध्यक्षमा रेवती रमण भण्डारी, खेमराज पोख्रेल र द्वारिकलाल चौधरी चुनावी प्रतिस्पर्धामा थिए । सुनसरीमा आज चुनाव भएको छ ।

संखुवासभामा भने केपी ओलीले हिजो मात्रै अधिवेशनको उद्घाटन गरेका थिए । एमाले झापा, मोरङ, धनकुटा, खोटाङ, तेह्रथुम, भोजपुर, सोलुखुम्बु, पाँचथर र उदयपुरमा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।  

प्रदेश कमिटी अध्यक्ष तुलसी न्यौपानेका अनुसार एमाले मोरङको अध्यक्षमा ऋषिकेश पोखरेल, झापा अध्यक्ष दीपक कार्की, खोटाङ अध्यक्षमा रामप्रसाद दंगाल, धनकुटा अध्यक्षमा इन्द्रमणि पराजुली, तेह्रथुम जिल्ला अध्यक्षमा तेजमान कन्दङ्वा, पाँचथर जिल्ला अध्यक्षमा राजकुमार भण्डारी, भोजपुर अध्यक्षमा शरण राई, उदयपुरमा परमानन्द घिमिरे र सोलुखुम्बुमा डुपु कुमार बास्तोला चयन भएका छन् ।

अध्यक्ष न्यौपानेका अनुसार इलाममा चुनावबाट एमालेको नेतृत्व टुंग्याइएको छ।  इलाममा महेश बस्नेतले ६९४ मत पाउँदा उनका प्रतिस्पर्धी डा. देवी क्षेत्री दुलाले ६४ मत मात्रै प्राप्त गरेका थिए ।  ताप्लेजुङमा भूपेन्द्र थेबे निर्वाचित भएका छन् । बलबहादुर साम्सोहाङलाई ५६ मतले पछि पार्दै थेबे निर्वाचित भएका हुन् । थेबेले ३ सय २९ र साम्सोहाङले २ सय ७३ मत प्राप्त गरेका थिए ।

साम्सोहाङ नेता योगेश भट्टराई निकटका हुन् । उनी भीम आचार्य नेतृत्वको प्रदेश सरकारमा सामाजिक विकास मन्त्री समेत भएका थिए । यस्तै ओखलढुङ्गामा पनि चुनावबाट शकर कटुवाल निर्वाचित भएका छन् ।













0 प्रतिकृया