आज एकादशी व्रत : कर्कटकाे दिन शुभ, सिंहले राहुकाल छलेर यात्रा गर्नुपर्ने
एक्सन खबर
काठमाडाैं । आज १४, माघ २०७८ शुक्रबार, तदनुसार २८ जनवरी २०२२ । माघकृष्णपक्ष एकादशी, आजको एकादशीलाई षट्तिला एकादशी भनिन्छ । बब करण, अनुराधा नक्षत्र, धुव्र योग, चन्द्रमा वृश्चिक राशिमा छ ।
आज बिहान ६:५५ मा सूर्योदय हुनेछ भने १७ः४० मा सूर्यास्त हुनेछ । आज १०:५६ देखि १२:१७ सम्म राहुकाल रहेको छ । ११:५६ देखि १२:३९ सम्म अभिजित मुहूर्त रहेको छ । आजको देवता भूमि र ग्रहदेव केतु रहेको छ ।
शुक्रबार यात्रा र मनोञ्जनात्मक कार्यका लागि उपयुक्त दिन हो ।
आज एकादशीव्रत भएकाले सनातनी र एकादशीको व्रत लिनेले भोजन ग्रहण गर्दैनन् । हरेक महिनामा २ वटा एकादशी व्रत हुन्छन । एकादशीको दिन गरिने व्रतले शरीर, मन र चित्त शुद्धि हुने शास्त्रीय मान्यता छ ।
0 प्रतिकृया