Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


सत्ता गठबन्धनको निष्कर्ष : स्थानीय तहको चुनाव जेठभित्र

एक्सन खबर
१५ माघ २०७८


सत्ता गठबन्धनको निष्कर्ष : स्थानीय तहको चुनाव जेठभित्र

काठमाडौं । सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन आगामी जेठभित्र गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ। बालुवाटारमा बसेको गठबन्धनको बैठकले जेठभित्र चुनाव सम्पन्न गर्न ५ दलीय संयन्त्रमार्फत् सरकारलाई सुझाव दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानसँग बाझिएका कानुन संशोधनको तयारी गर्न पनि सरकारलाई सुझाव दिने निर्णय भएको बताएका छन् । स्थानीय तहको चुनावको मिति विवाद भएपछि त्यसबारे निर्णय गर्न गठबन्धनले दुई चरणमा छलफल गरेको थियो ।

यसअघि गठबन्धनले असोजपछि मात्रै स्थानीय निर्वाचन गर्ने गरी छलफल चलाउँदै आएकोमा शनिबार बिहानमात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल स्थानीय निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

निर्वाचन आयोगले यसअघि नै वैशाखमा निर्वाचन गर्न मिति प्रस्ताव गरिसकेको थियाे । तर, आयोगको प्रस्तावविपरीत गठबन्धनले निर्वाचन सार्ने प्रपञ्च रचेको भन्दै चौतर्फी आलोचना भएपछि देउवाले गठबन्धनमा जेठमै निर्वाचन गर्ने सहमति जुटाएका हुन् ।

यता राष्ट्रपति विद्यादेवी भण्डारीले समेत बिहीबार देउवासँगको भेटमा लिखितरुपमै स्थानीय निर्वाचन नसार्न आग्रह गरेकी थिइन् । पार्टीभित्रैबाट र चौतर्फी दबाबमा परेका देउवाले शुक्रबार पार्टीका पदाधिकारीहरुसँग छलफलपछि स्थानीय निर्वाचनलाई जेठभित्रै गर्नुपर्ने निष्कर्षमा पुगेका थिए ।

संविधानले स्थानीय तहका जनप्रतिनिधिको पदावधिको ५ वर्षको हुने व्यवस्था गरे अनुसार आगामी जेठ ५ गते स्थानीय तह जनप्रतिनिधि विहीन हुनेछन् ।













0 प्रतिकृया