१ फेब्रुअरीसम्ममा एमसीसी पास नगरे अमेरिकाले फिर्ता लैजाने
एक्सन खबर
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी प्रस्ताव पास गर्न गठबन्धनभित्र दबाब दिन थालेका छन् । प्रधानमन्त्रीले दबाब दिन थालेपछि गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री देउवासँग केही समय मागेका छन् ।
स्रोतका अनुसार प्रचण्ड–नेपालले प्रधानमन्त्रीको प्रस्तावमाथि छलफलका लागि केही समय मागेका छन् । यस्तै, प्रधानमन्त्री देउवाले एमसीसी प्रस्ताव पास गर्ने संकेत देखिएपछि सभामुख अग्नी सापकोटाले अचानक संसद बैठकसमेत स्थगित गरेकाे स्रोतले भन्यो ।
यसअघि सभामुखले १६ माघमा प्रतिनिधि सभाको बैठक तोकेका थिए । प्रधानमन्त्रीबाट एमसीसी प्रस्ताव आउने संकेत कै कारण उनले २६ माघलाई संसद बैठक तोकेका छ । यस्तै, अमेरिकाले पनि नेपालले १ फेब्रुअरीसम्ममा एमसीसी प्रस्ताव पास नगरे कार्यक्रम नै फिर्ता लैजाने जनाएको छ ।
सन् २०११ मा एमसीसी परयाेजनामा नेपाल छनाैट हुँदा त्यसकाे कार्यविधी चैं २०१४ मा बनेकाे थियाे । सन् २०१७ सेप्टेम्बर १४ मा नेपालका तर्फबाट तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका तर्फबाट कार्यवाहक सीईओ जोनाथन नाशले एमसीसी सम्झौतामा हस्ताक्षर गरेका थिए । नेपाल सरकारले निजी क्षेत्र, नागरिक समाज लगायत विभिन्न पक्षहरूसँग छलफल गरेपछि सम्झौतामा दुवै पक्षले हस्ताक्षर गरेका थिए ।
त्यसपछि केपी शर्मा ओलीकाे दुई तिहाईको सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले २९ सेप्टेम्बर २०१९ मा कार्यक्रम कार्यान्वयन सम्झौतामा हस्ताक्षर गरेका छन् ।
0 प्रतिकृया