Follow us:


Follow us

२४ भदौ २०८३, बुधवार
२४ भदौ २०८३, बुधवार


बालबालिकालाई एक स्थानबाट अर्को स्थान लैजाँदा प्रशासनको अनुमति चाहिने

एक्सन खबर
१८ माघ २०७८


बालबालिकालाई एक स्थानबाट अर्को स्थान लैजाँदा प्रशासनको अनुमति चाहिने

काठमाडौं । जिल्ला प्रशासन कार्यालयको अनुमति बिना बालबालिकालाई अभिभावकबाहेक अरूले एक स्थानबाट अर्कोमा लैजान नपाउने भएका छन् । गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै आमा–बुवा र अभिभावकबाहेक अन्य व्यक्ति वा संस्थामार्फत् बालबालिकाहरूलाई नेपालभित्र एक स्थानबाट अर्कोमा लैजानु पर्दापनि सम्बन्धित तह (जिल्ला प्रशासन) को सिफारिस लिनुपर्ने जनाएको छ ।

अध्ययनको अवसर दिलाउने, पालनपोषण गरिदिने भन्दै संघ संस्थाको नाममा बालबालिकाहरूलाई लिने र विदेश पठाएर घरेलु कामदारको रूपमा प्रयोग गरेको गुनासो तथा उजुरी मन्त्रालयमा परेपछि गृह प्रशासनले उक्त निर्णय गरेको हो ।

बालबालिकाहरूलाई श्रम शोषण तथा यौन शोषण गर्नेलगायतका गैरकानुनी क्रियाकलापमासमेत सहभागी गराएको उजुरी परेको मन्त्रालयले जनाएको छ ।  गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपालबाट विदेशमा शैक्षिक प्रयोजनको लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी पत्र, एनओसी जारी नहुने हकमा स्थानीय प्रशासनको स्वीकृति चाहिने उल्लेख छ ।

अन्य प्रयोजनको लागि भए महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र सम्बन्धित देशको सरकारी निकायले प्रदान गरेको अनुमति वा स्वीकृति पत्र भएमा मात्र लैजान पाउने व्यवस्था गरिएको छ ।


हेर्नुहोस गृह मन्त्रालयको सूचना













0 प्रतिकृया