बेलायती प्रधानमन्त्री जोन्सनले मागे माफी
एजेन्सी
एजेन्सी । बेलायती प्रधानमन्त्रीले संसदमा माफी मागेका छन् । कोरोना भाइरस संक्रमणबीच भोजमा सहभागी भएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले माफी मागेका हुन् । प्रधानमन्त्री जोन्सनले संसदमा उभिएर आफ्नो कमजोरी स्वीकार गर्दै माफी मागेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
प्रधानमन्त्री जोनसनले छानबिन रिपोर्टमा उल्लेख भएका कुरा स्वीकार गरेको र संवेदनशीलतालाई आफूले बुझेको भए राम्रो हुने बताएको बेलायती सञ्चार संस्था बिबीसीले जनाएको छ ।
‘हामी सबैले आफूलाई ऐनामा हेर्नुपर्छ, तर यसको मतलब मेरा क्रियाकलाप सबै नियमभित्रै थिए भन्ने होइन,’ सम्बोधनका क्रममा प्रधानमन्त्री जोनसनले भनेको बिबिसीले उल्लेख गरेको छ ।
प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिट र मन्त्रिपरिषद् भवन सञ्चालनको तरिका बदल्न लागेको भन्दै उनले यसले धेरै सुधार ल्याउने दाबी गरे । तर विपक्षी दलले भने प्रधानमन्त्रीले भोजभतेर गरेको विषय लाजमर्दो भएको भन्दै राजीनामा माग गरेका छन् ।
संसदमा जोन्सनले माफी मागिरहँदा त्यहाँकी पूर्वप्रधानमन्त्री टेरिजा मेलगायतले उनको कडा आलोचना गरेका छन् । पूर्वप्रधानमन्त्री मेले कोरोनाविरुद्ध लड्न आफू नेतृत्वको सरकारले लगाएको प्रतिबन्धबारे प्रधानमन्त्रीलाई थाहा थियो कि थिएन ? भनेर संसदमा प्रश्नसमेत गरेकी थिइन् ।
सन् २०१९ को जुलाईमा बेलायतको प्रधानमन्त्री बनेका जोन्सन पछिल्लो समय विवादित बनेका छन् ।
0 प्रतिकृया