घर अगाडी आगो तापिरहेका दुई जनाको टिपरको ठक्करबाट मृत्यु, तीन गम्भिर घाइते
एक्सन खबर
काठमाडौं । बर्दियाको बढैयाताल गाँउपालिका–३ सतपतियामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । भने, तीन जना गम्भिर घाइते भएका छन् । आइतबार बेलुकी ८ बजे घर अगाडि आगो तापिरहेका ५ जनालाई भे १ क १४९५ नम्बरको टिपरले अनियन्त्रित भई ठक्कर दिएको थियो ।
इलाका प्रहरी कार्यालय मैनापोखरका अनुसार टिपरको ठक्करबाट स्थानीय ४५ वर्षीय सोम बहादुर विकको घटनास्थलमै मृत्यु भएको छ । यसैगरी रामु थारुको नेपालगञ्ज नरसिंह होममा उपचारको क्रममा गएराति पौने १० बजे मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका ३५ वर्षीया प्रमिला चौधरी, ४० वर्षिया चमेलिया थारु र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ११ का १९ वर्षीय लक्ष्मण सुनारको नेपालगञ्जमा उपचार भइरहेको र टिपर चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ लेवटमा जिप र टिपर आपसमा ठोक्किदा एक जनाको मृत्यु हुँदा एक जना घाइते भएका छन् ।
आइतबारै बेलुकी पौने ९ बजे को १ क १३२८ नम्बरको टिपरसँग मे १ च ५९९४ नम्बरको जिप ठोक्किंदा जिप चालक काठमाडौं बालाजुका ४० वर्षीय शिव कार्कीको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिपमा सवार काठमाडौंकै दिनेश कार्कीको चुरेहिल अस्पतालमै उपचार भइरहेको छ ।
0 प्रतिकृया