Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


डा. रावल नक्कली पीएचडी हुन् ?’

एक्सन खबर
१८ माघ २०७८


डा. रावल नक्कली पीएचडी हुन् ?’

काठमाडाैं । अमेरिकी सहयोग परियोजना एमसीसीलाई लिएर डा. बाबुराम भट्टराई र डा. भीम रावल बीच सामाजिक सञ्जालमा जुहारी चलेको छ । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.  भट्टराई र एमाले नेता डा. रावलबीच आरोप प्रत्यारोप चलेको हो ।

आफूमाथि गलत आरोप लगाएको भन्दै डा. भट्टराईले डा. रावलको पीएचडी कतै नक्कली त हैन भनी प्रश्न उठाएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत लेख्दै डा. भट्टराईले आफू प्रधानमन्त्री भएका बेला एमसीसी सम्झौता भएको भनेर डा. रावलले गलत आरोप लगाएको बताएका छन् ।


‘यी कण भीम रावलले पीएचडी गरेको भनेर नाउँको अगाडि डा. पनि झुन्ड्याउँछन्, विद्यावारिधि गर्दा कसैबारे कुनै दाबी गरियो भने त्यसको स्रोत, मिति र स्थान खुलाउनुपर्छ । उनले दाबी गरेजस्तो बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गरेको ? हो भने कहिले, कहाँ, कसरी खुलाउनु पर्दैन ? कि यी नक्कली पीएचडी हुन् ?’ डा. डा. भट्टराईले  ट्विटरमा लेखेका छन् ।

यता डा. रावलले सांसदहरूलाई स्मृति पत्र भन्दै एक सन्देश जारी गरेकामा डा. भट्टराईले गोप्य रुपमा एमसीसी सम्झौता गराएको आरोप लगाएका छन् । ‘हामी संविधान निर्माण र शान्ति प्रक्रियाको काम टुंगो लगाउनमै व्यस्त थियौं, बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गर्नुभएको हो । त्यो प्रतिनिधि सभामा पेस भएपछि मात्रै एमसीसीबारे मैले थाहा पाएको हुँ ।’ रावलले भनेका छन् ।

डा. बाबुरामले गाेप्य रूपमा सम्झाैता गरेकाे भन्ने डा. रावलकाे आरोप तथ्यसहित पुष्टि गर्न पनि चुनाैती दिएका छन् ।













0 प्रतिकृया