Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


२४ लाख खाेप हिनामिना गरेकाे भन्दै स्वास्थ्यमन्त्री विरूद्ध अख्तियारमा उजुरी

एक्सन खबर
१८ माघ २०७८


२४ लाख खाेप हिनामिना गरेकाे भन्दै स्वास्थ्यमन्त्री विरूद्ध अख्तियारमा उजुरी

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेकाे छ । स्वास्थ्यमन्त्री खतिवडाले २४ लाख डोज भ्याक्सिन गायब गरेको भन्दै मंगलबार नेकपा एमालेको भातृसंस्था राष्ट्रिय युवा संघ नेपालले अख्तियारमा उजुरी दर्ता गराएकाे हाे ।

कोरोना महाहारीको जोखिम बढिरहेका बेला सर्वसाधारणको पहुँचमा पुर्‍याउनुपर्ने खोप गायब गरेको भन्दै छानबिन मागसहित उजुरी गरिएकाे संघका संयोजक किरण पौडेलले बताए ।

संघका सह–संयाेजक संजिव कुमार सुरज झाद्वारा दिइएकाे उजुरीमा विराेध खतिवडा मन्त्री भइसकेपछि २४ लाख डाे खाेप हिनामिना गरी करिब २ अर्ब ४० कराेड राज्य काेष हिनामिना गरेकाे दावी गरिएकाे छ ।














0 प्रतिकृया