एमसीसी सम्झौतामा कुनै दस्ताबेज नलुकाएको छैनः एमसीसी नेपाल
एक्सन खबर
काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट विकास समिति (एमसीए-नेपाल)ले एमसीसी सम्झौतासँग सम्बन्धित कुनैपनि विषय वा दस्तावेज नलुकाएको दाबी गरेको छ । एमसीए नेपालले मंगलबार एक विज्ञप्ति जारी गर्दै एमसीसीसम्बन्धी ‘गोप्य’ वा ‘लुकाइएका’ दस्तावेजहरू नरहेको जनाएको हो ।
नेकपा एमालेको सरकारको पालमा एमसीसीसँग सम्बन्धित केही दस्तावेजहरु लुकाइए र त्यसलाई गठबन्धन नेतृत्वको एमसीसी सम्झौता अध्ययन समितिले फेला पारेको भन्दै विभिन्न समाचारहरु सार्वजनिक भइरहँदा एमसीए नेपालले भने यस्तो दाबी गरेको हो ।
‘एमसीए नेपाल हदैसम्म पारदर्शिता अपनाउने संस्था हो । र यस संस्थाले सार्वजनिक महत्वका सम्पूर्ण दस्तावेजहरू आफ्ना वेबसाइट तथा अन्य माध्यमबाट सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्दै आएको छ’,एमसीए नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
एमसीसी नेपालकाे राष्ट्रिय स्वाधिनता, सार्वभाैमिकता विरूद्ध भएकाे भन्दै चाैतर्फी विराेध भइरहेकाे छ । बर्तमान सरकारले एमसीसी संसदबाट पारित गराउन सत्ता साझेदार दलहरूसँग सहमतिकाे प्रयास गरिरहेकाे भएपनि सभामुख अग्नी सापकाेटा एमसीसी संसदमा टेवलिङ गर्ने पक्षमा देखिएका छैनन् ।
0 प्रतिकृया