एमालेको प्रदेश अधिवेशन स्थानीय चुनावपछि मात्रै हुने
एक्सन खबर
काठमाडौं । नेकपा एमालेको प्रदेश अधिवेशन स्थानीय तहको निर्वाचनपछि मात्रै हुने भएको छ । बुधबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले स्थानीय तहको निर्वाचनपछि मात्रै प्रदेश अधिवेशन गर्ने निर्णय गरेको हो ।
एमालेले महाधिवेशन गरेको भए पनि प्रदेश अधिवेशन भएको छैन । बैठकले रोकिएका जिल्ला अधिवेशन स्थानीय तहको चुनावअघि गर्ने निर्णय गरेको छ । यससँगै एमाले सचिवालय बैठकले स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।
बैठकले केही दिन अघि सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा अन्तर्घात भएको बारे छानबिन गरि कारबाही गर्न प्रदेश कमिटीलाई जिम्मेवारी दिएको छ । बुधबार बसेको सचिवालयको बैठकले प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा चुनावमा एमालेको प्रतिनिधिभन्दा कम मत आएको विषयमा छानबिन गर्ने जिम्मेवारी प्रदेश कमिटीलाई दिने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
बैठकले स्थानीय चुनावको मिति घोषणाका लागि दबाबको आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ । त्यस्तै बैठकले जनसंगठनको महाविधेशनलाई निरन्तरता दिने निर्णय गरेको छ ।
0 प्रतिकृया