Follow us:


Follow us

२९ भदौ २०८३, सोमवार
२९ भदौ २०८३, सोमवार


प्रधानमन्त्रीको एजेन्डा के हो हामीलाई थाहा छैनः एमाले

एक्सन खबर
२३ माघ २०७८


प्रधानमन्त्रीको एजेन्डा के हो हामीलाई थाहा छैनः एमाले

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवार र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीबीच आइतबार भेटवार्ता हुने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे भेटवार्ता हुन लागेको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

देउवा र ओलीबीच स्थानीय तहको निर्वाचनको मिति तोक्ने विषयमा छलफल हुन लागेको रिमालले बताए । ‘प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच स्थानीय तहको निर्वाचनको मिति तोक्ने विषयमा छलफल हुन लागेको हो । प्रधानमन्त्रीको एजेन्डा के हो हामीलाई थाहा छैन,’ रिमालले भने ।

प्रधानमन्त्री देउवाले आजै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने भएका छन् । प्रचण्डसँग पनि ४ बजे नै भेटवार्ताको समय तोकिएकाले तीन दलका शीर्ष नेताबीच अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल हुन लागेको हो ।













0 प्रतिकृया