Follow us:


Follow us

२८ भदौ २०८३, आइतवार
२८ भदौ २०८३, आइतवार


बुझे हुन्छ देश गम्भीर संकट उन्मुख छः रविन्द्र मिश्र

एक्सन खबर
२३ माघ २०७८


बुझे हुन्छ देश गम्भीर संकट उन्मुख छः रविन्द्र मिश्र

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले देश गम्भीर संकटतर्फ उन्मुख भएको टिप्पणी गरेका छन् । देशका बहालवाला र भूतपूर्व प्रधानमन्त्री 'सहसचिव'को स्तरमा झरेर विदेशीलाई पत्र लेखेको भन्दै उनले टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले एमसिसीलाई पत्र लेखेको विषयलाई उनले 'सहसचिव' को स्तरमा झरेको उल्लेख गरेका हुन् ।

उनले विभिन्न ६ वटा बुँदा उल्लेख गर्दै देश गम्भीर संकट उन्मुख रहेको उल्लेख गरेका छन् ।

जब देशको बहालवाला र भूतपूर्व प्रधानमन्त्री 'सहसचिव'को स्तरमा झरेर विदेशीलाई पत्र लेख्छन्,
बहालवाला प्रधानमन्त्री विदेशी गुप्तचर निकायको प्रमुखलाई मध्यरातमा भेट्छन्,
कोही भूतपूर्व प्रधानमन्त्री 'होली वाइन'मा नुहाउँछन्,
कोही जातीयता र क्षेत्रीयताको नारा चर्काउँछन्,
तिनकै पछाडि निहित स्वार्थले देशका धेरै वुद्धिजिवी, व्यापारी, र गलत बुझाईले बहुसंख्यक नागरिक दौडिन्छन्,
देशका सबै भनेजसो सार्वजनिक संस्थाहरू अशास्य भएर जान्छन्,
बुझे हुन्छ देश गम्भीर संकट उन्मुख छ ।
 















0 प्रतिकृया