Follow us:


Follow us

२८ भदौ २०८३, आइतवार
२८ भदौ २०८३, आइतवार


३० वैशाखमा एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय

एक्सन खबर
२४ माघ २०७८


३० वैशाखमा एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले एकै चरणमा सक्ने गरी स्थानीय तहको निर्वाचनको मिति तोकेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले जानकारी दिइन् ।

निर्वाचन आयोगले आगामी ५ जेठमा सात सय ५३ स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिने भएकाले १७ र २१ वैशाखमा निर्वाचनको मिति सरकारलाई प्रस्ताव गरेको थियो । तीन प्रमुख दल कांग्रेस, एमाले र माओवादी केन्द्रका अध्यक्षको आइतबारको बैठकपछि आज स्थानीय तहको निर्वाचनको मिति सरकारले तोकेको हो ।

अब ३० वैशाखमै एकै चरणमा स्थानीय तहको निर्वाचन हुने भएको छ । यसअघि २०७४ को स्थानीय तहको निर्वाचन तीन चरणमा सम्पन्न भएको थियो ।













0 प्रतिकृया