Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


ओली- कोइरालाबीच बालकाेटमा के भयो कुराकानी ?

एक्सन खबर
२५ माघ २०७८


ओली- कोइरालाबीच बालकाेटमा के भयो कुराकानी ?

 काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ताका लागि नेपाली कांग्रेसका नेता शेखर कोइराला बालकोट पुगेका छन् । उनी ओलीसँगको भेटवार्ताका लागि मंगलबार साँझ बालकोट पुगेको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।

ओली र कोइरालाबीच पछिल्लो राजनीतिक घटनाक्रम, एमसीसी, स्थानीय तहको निर्वाचन तथा संसदको गतिरोध अन्त्यका विषयमा छलफल भएको थपलियाले जानकारी दिए ।

पछिल्लो समय प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी पास गर्नका लागि जोडबल गरिरहेका बेला कांग्रेस नेताहरुले सक्रियता बढाएका छन् । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाको दूत बनेर सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ओलीसँग भेट गरेका थिए । त्यस्तै एमालेले प्रतिनिधि सभा निरन्तर अवरुद्ध गर्दै आएको विषयमा पनि दुई नेताबीच कुरा भएको थियो ।

थपलियाका अनुसार दुई नेताबीचको छलफल सकारात्मक रुपमा सकिएको छ । ओली र काेइराला विचकाे भेटघाटले विशेष अर्थ राख्ने देखिएकाे छ ।















0 प्रतिकृया