Follow us:


Follow us

२८ भदौ २०८३, आइतवार
२८ भदौ २०८३, आइतवार


मिनी क्यासिनोको ३८ करोड नतिर्ने नेपालगन्जको ड्रिमल्याण्ड होटल पनि बन्द

एक्सन खबर
२७ माघ २०७८


मिनी क्यासिनोको ३८ करोड नतिर्ने नेपालगन्जको ड्रिमल्याण्ड होटल पनि बन्द

काठमाडाैं । क्यासिनो सञ्चालनबापतको साढे ४२ करोड रोयल्टी नतिर्ने दरबारमार्गस्थित होटल याक एण्ड यती बन्द गराएका संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले अर्काे निर्णय पनि गरेका छन् । उनले मन्त्रीस्तरीय निर्णयबाट मिनी क्यासिनो सञ्चालन गरिरहेको नेपालगन्जस्थित ड्रिमल्याण्ड होटल पनि बन्द गराएका हुन् ।

२० भदौ ०६७ मा  मिनी क्यासिनो (आधुनिक मेसिन वा उपकरणबाट खेलाइने खेल) को अनुमति लिएको ह्याप्पी आवरले ड्रिमल्याण्डमा मिनी क्यासिनो सञ्चालन गर्दै आएको थियो  ।

तर, आर्थिक वर्ष २०७६-७७ सम्मको बक्यौता, आव २०७७-७८ सम्मको इजाजतपत्र नवीकरण दस्तुर र चालु आवको रोयल्टी गरी ३८ करोड १० लाख ४५ हजार  ६६४ रुपैयाँ नबुझाएपछि होटल बन्द हुनुका साथै मिनी क्यासिनोको लाइसेन्स रद्द भएको हो ।

ड्रिमल्याण्ड होटलले पर्यटन विभागको वर्गीकरणमै परेको छैन ।

ड्रिमल्याण्ड होटल र  आधुनिक मेसिन वा उपकरणबाट खेलाइने खेल बन्द गराउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको छ । लुम्बिनी सरकार प्रदेशलाई  पत्र लेख्दै  उक्त होटल मन्त्रालय वा निकाय अन्तर्गत दर्ता भएको भए  दर्ता खारेज गर्न भनिएको छ ।  ह्याप्पी आवरले महेन्द्रनगर, भैरहवा र काकडभिट्टामा पनि क्यासिनो सञ्चालन गर्दै आएको छ ।

याक एण्ड यतीकाे हाेटल वर्गीकरणस्तर र क्यासिनाेकाे लाइसेन्स रद्द भइसकेकाे छ ।















0 प्रतिकृया