खुमलटारमा प्रचण्ड र शेखर कोइरालाबीच भेटवार्ता हुँदै
एक्सन खबर
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच भेटवार्ता हुँदैछ । पछिल्लो समय राजनीतिक भेटवार्तालाई तिव्रता दिएका कोइरालाले प्रचण्डसँग भेटवार्ताका लागि बिहीबार विहान ९ बजे प्रचण्ड निवास खुमलटार पुगेका कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले बताए ।
कोइरालाले हिजो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोट पुगेर भेटवार्ता गरेका थिए । त्यसक्रममा एमसीसी, स्थानीय तह निर्वाचन र संसदको गतिरोध अन्त्यका विषयमा छलफल भएको थपलियाले जानकारी दिएका थिए ।
एमसीसी विवाद चर्किएको तथा स्थानीय चुनावको मिति घोषणा भएको राजनीतिक परिस्थितिमा कांग्रेस नेता कोइरालाले विभिन्न दलका शीर्ष नेताहरूसँगको छलफललाई तीव्रता दिइरहेका छन् ।
0 प्रतिकृया