Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


‘सर्वोच्च न्यायाधीश जनताबाट न्याय प्राप्त गर्ने अभियानको सुरुवात वैशाख ३० बाट’

एक्सन खबर
२८ माघ २०७८


‘सर्वोच्च न्यायाधीश जनताबाट न्याय प्राप्त गर्ने अभियानको सुरुवात वैशाख ३० बाट’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७९ वैशाख ३० गतेबाट सर्वोच्च न्यायाधीश जनताबाट न्याय प्राप्त गर्ने अभियानको सुरुवात हुने बताएका छन् । शुक्रबार नेकपा एमाले स्थानीय तह निर्वाचन तयारी केन्द्रीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले जनताको मतबाट देशभत्तिको खोल ओडेका तत्वलाई पराजित गर्ने दाबी समेत गरे ।

सरकारले २०७९ वैशाख ३० गते एकैचरणमा स्थानीय तहको निर्वाचन गराउने घोषणा गरेपछि अध्यक्ष ओलीले यस्तो दाबी गरेका हुन् ।

‘यस निर्वाचनको असाधारण महत्व छ । यसले ठूलो राजनीतिक फैसलाको प्रारम्भ गर्नेछ,’ ओलीले भने, ‘अब जनादेश र परमादेशबीच सार्वभौमसत्ता सम्पन्न जनता र त्यो जनमतलाई उपहास गरेर, पार्टी फोरेर, सरकार ढालेर, प्रतिक्रियावादीको सेवामा समर्पित हुन जाने, प्रगतिशिलता, बामपन्थता, देशभक्तिको खोल ओढेका तत्वहरु र तीनका मतियारह रुलाई सार्वभौमसत्ता सम्पन्न जनताको पवित्र अभिमतबाट अर्थात जनमतको माध्यमबाट पराजित गर्ने र सर्वोच्च न्यायाधीश जनताबाट न्याय प्राप्त गर्ने अभियानको सुरुवात वैशाख ३० को निर्वाचनबाट हुनेछ ।’  

राष्ट्रिय राजनीतिलाई सकारात्मक रुपमा अघि बढाउने कुराको थालनी स्थानीय निर्वाचनबाट हुने उनले बताए ।













0 प्रतिकृया