Follow us:


Follow us

२८ भदौ २०८३, आइतवार
२८ भदौ २०८३, आइतवार


स्थानीय तह निर्वाचन अघि एमालेले गर्ने चार काम

एक्सन खबर
२८ माघ २०७८


स्थानीय तह निर्वाचन अघि एमालेले गर्ने चार काम

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन अघि आफ्नो पार्टीको ध्यान चार वटा विषयमा केन्द्रीत हुने बताएका छन् । शुक्रबार नेकपा एमाले स्थानीय तह निर्वाचन तयारी केन्द्रीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले एमालेले अब चार विषयमा ध्यान केन्द्रीत गर्ने बताएका हुन् ।

ओलीका अनुसार एमालेले ध्यान दिने चार विषयमा पहिलो छ–तोकिएकै मितिमा निर्वाचन गराउने । एमालेले २०७९ वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई स्वतन्त्र, निश्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा गराउनमा पनि विशेष ध्यान दिने उनले बताए ।

एमालेको तेस्रो ध्यान जनतालाई भ्रममा पार्ने, अन्योलमा पार्ने परमादेशवादीका प्रयास असफल पार्नेतर्फ जाने अध्यक्ष ओलीले बताए । एमालेले स्थानीय तहका परिणामलाई देशभत्ति, लोकतन्त्र र संविधानको वास्तविक कार्यन्वयनको पक्षमा पार्न पनि विशेष ध्यान दिने उनले उनले जनाए ।

‘यी कामहरुमा हामी अघि बढ्छौं र यिनै विषयलाई लिएर हामी प्रशिक्षण कार्यक्रमरु सञ्चालन गर्छौं । जसमा केन्द्रिय निर्वाचन विभाग, स्थानीय तह विभाग र पार्टी स्कुल विभागले संयुक्त रुपमा आफ्ना विषयमा केन्द्रित भएर प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नेछन्,’ अध्यक्ष ओलीले भने ।  













0 प्रतिकृया