Follow us:


Follow us

२८ भदौ २०८३, आइतवार
२८ भदौ २०८३, आइतवार


पार्टी निकट अधिवक्तालाई न्यायाधीशका लागि कांग्रेसको सिफारिस

एक्सन खबर
२९ माघ २०७८


पार्टी निकट अधिवक्तालाई न्यायाधीशका लागि कांग्रेसको सिफारिस

बिरा दत्त भट्ट
दार्चुला । नेपाली कांग्रेस दार्चुलाले एक जना पार्टी निकट अधिवक्तालाई न्यायाधीशका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । दार्चुलामा कार्यरत अधिवक्ता धिरेन्द्र साउँदलाई न्यायाधीशका लागि नेपाल सरकारलाई पार्टीको तर्फबाट आवश्यक पहलकदमी गर्ने निर्णय गरिएको कांग्रेस दार्चुलाका सभापति ललित सिंह बोहराले बताए ।

दार्चुलाबाट प्रतिनिधि सभा सदस्य दिलेन्द्रप्रसाद बडू कानुनमन्त्री भएका बेला पार्टी निकट रहेका साउँलाई न्यायाधीशमा चयनका लागि सिफारिस गर्ने निर्णय भएको छ । न्याय जस्तो स्वतन्त्र र पवित्र संस्थामा पार्टीले यसरी सिफारिस गरेको भन्दै पार्टीकै नेता तथा कार्यकर्ताले आक्रोश पोखिरहेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा कांग्रेस दार्चुलाको उपसभापतिको उम्मेद्‍वारसमेत रहेका युवा नेता उमेश खत्रीले लेखेका छन् । ‘न्याय सेवा जस्तो गरिमामय क्षेत्रमा कार्यरत अधिवक्ता धिरेन्द्र साउँदलाई  नेपाली कांग्रेस दार्चुलाले न्यायाधीशको लागि सिफारिस गर्नका लागि न्यायाधीश पद तपाईंले जिल्ला कोषाध्यक्ष मनोनीत गरे जस्तो पद हो ? कांग्रेस दार्चुला मा लोकतन्त्र को समाप्त भएकै होर ?’

बैठकले अधिवक्ता साउँदलाई न्यायाधीशका लागि सिफारिससँगै विभिन्न निर्णय गरेको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति दार्चुलाको दोस्रो बैठकमा प्रस्तुत गरिएका १५ प्रस्तावमा विविध निर्णय गरिएको पत्रकार सम्मेलन गरी कांग्रेस दार्चुलाले जानकारी दिएको छ ।

जसअनुसार कोषाध्यक्षमा महाकाली नगरपालिकाका मेयर हंसराज भट्टलाई चयन गरिएको छ भने पार्टी प्रवक्तामा माधव प्रसाद भट्ट, सामाजिक विभाग संयोजकमा ललित सिंह ठगुन्ना, आर्थिक नीति तथा योजना विभाग संयोजकमा हंसराज भट्ट, कृषि तथा भूमिसुधार संयोजकमा भानसिंह धामी, युवा तथा खेलकुद विभाग संयोजकमा श्याम सिनाल, महिला विभागमा राजु अवस्थी तथा भातृ संघ संस्था समन्वय विभागमा दानसिंह तिंकरीलाई चयन गरिएको पार्टी सभापति बोहराले बताए ।















0 प्रतिकृया