Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


आजबाट सर्वोच्चसहित सबै तहका अदालत पुर्ण रुपमा सञ्चालनमा

एक्सन खबर
१ फागुन २०७८


आजबाट सर्वोच्चसहित सबै तहका अदालत पुर्ण रुपमा सञ्चालनमा

काठमाडौं । सर्वोच्च अदालतले आजवाट नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ । गत ४ माघको पुर्ण बैठकले कोभिड महामारीको संक्रमण बढेको भन्दै अचानक सेवा संकुचन गरेको सर्वोच्च अदालतले १ फागुन देखी सबै प्रकारको सेवा सञ्चालन गर्न लागेको हो ।

गत  बिहीबार बसेको अदालतको फूल कोर्टले १ फागुनबाट सबै प्रकारका न्याय, प्रशासनिक र आर्थिक प्रशासनलगायतका सेवा सञ्चालन गर्ने निर्णय गरेसँगै आइतबारवाट पुर्ण रुपमा सञ्चालन हुन लागेको प्रवक्ता बाबुराम दाहालले बताएका छन ।

गत माघ पहिलो साता विश्वव्यापी रुपमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन बढेको भन्दै सरकारको निर्णयलाई आत्मसात गर्दै सर्वोच्च अदालतले गत ५ माघवाट सेवा संकुचन गराउँदै आएको थियो । तर, गत ५ माघ देखी २९ माघसम्मको अवधिमा बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसहित आधारभुत स्वास्थ्य सेवासँग सम्बन्धित र सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनको मात्र सुनुवाइ भने स्थगित गरेको थिएन ।

सर्वोच्चका अनुसार झन्डै एक महिनाको सेवा संकुचनको यस अबधीमा बन्दी प्रत्यक्षीकरण, मुद्दा फिर्ता, तामेली एवम मिलापत्रसम्बन्धी कामकारबाही, मुलुकी फौजदारी कार्यविधिअनुसार थुनुवा रहेका व्यक्तिको निवेदनलगायतका मुद्धा माथी कारवाही र  सुनवाईलाई भने स्थगित गरिएको थिएन ।

कोभिड महामारी नियन्त्रणतर्फ गईरहेको जनाउँदै आइतबारबाट भने सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतहरु पुर्ण रुपमा सञ्चालन हुनेछन् ।













0 प्रतिकृया