Follow us:


Follow us

२८ भदौ २०८३, आइतवार
२८ भदौ २०८३, आइतवार


पत्र बुझेर सर्वाेच्चबाट बाहिरिए जबरा

एक्सन खबर
१ फागुन २०७८


पत्र बुझेर सर्वाेच्चबाट बाहिरिए जबरा

काठमाडौं । आफूविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको जानकारी पत्र बुझेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वाेच्च अदालतबाट बाहिरिएका छन् । भने, सभामुखले भाेली सर्वदलीय बैठक बाेलाएका छन् ।

कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदले आइतबार बिहान प्रधानन्यायाधीश जबराविरुद्ध संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । यसबारे सचिवालयले जबरालाई पत्रमार्फत जानकारी गराएको हो ।

संसद सचिवालयबाट आफूविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको सूचनासहितको पत्र प्राप्त भएपछि जबरा सर्वाेच्चबाट बाहिरिएका हुन् । महाअभियोग प्रस्ताव दर्ता भएको जानकारी पाएसँगै जबरा प्रधानन्यायाधीशबाट निलम्बित भएका छन् ।

प्रधानन्यायाधीश विरूद्ध महाभियाेग दर्ता भएसँगै सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक भाेली सोमबार दिउँसो २ बजेका लागि बोलाएको सभामुखको सचिवालयले जनाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएपछि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् । साथै एमसीसी सदनमा पेस गर्ने तयारी भइरहेको भनिएको र संसदमा प्रमुख प्रतिपक्षी दल एमाले अवरोध लगायत विषयमा छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् ।
 













0 प्रतिकृया