महाभियोगको प्रतिवाद गर्ने नेकपा एमालेको निर्णय
एक्सन खबर
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानन्याधीश चोलेन्द्र शमशेर जवराविरुद्ध सत्ता गठबन्धनले दर्ता गरेको महाभियोगको प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको छ । आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको एमालेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
सत्ता गठबन्धनका तीन दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका
सांसदहरुले राणाविरुद्ध संसद सचिवालयमा महाभियोग दर्ता गरेपछि एमालेको
आपतकालिन सचिवालय बैठक बसेको हो ।
एमालेले सर्वोच्चमा विचाराधीन कतिपय मुद्दा प्रभावित गर्ने गरि प्रधानन्याधीश राणाविरुद्ध महाभियोगको प्रस्ताव आएको निष्कर्ष निकालेको छ। उसले सर्वोच्चलाई सत्ताको निर्देशन बमोजम चल्ने निरीह बनाउन खोज्ने काम गठबन्धनले गरेको आरोप लगाएको छ ।
महासचिव शंकर पोखरेलले प्रधानन्यायाधीश विरुद्ध आएको महाभियोग
षड्यन्त्रपूर्ण भएको भन्दै यो काम अनुचित र लोकतन्त्रका लागि खतरा देखिएको
जिकीर गरे । ‘सचिवालय बैठकले अत्यन्त गम्भीर षडयन्त्रपूर्क कदमको रुपमा महाभियोग दर्तालाई लिएको छ, यो अदालताथिमात्र नभइ लोकतन्त्रमाथीको प्रहार, सार्वभौम सत्तामाथिको प्रहार भएको निष्कर्ष छ ।' उनले यो प्रस्ताव एमाले जनताको दबाबमा घोषणा भएको स्थानीय चुनाव धकेल्ने प्रयास स्वरुप आएको हुन सक्ने बताए ।
महाभियाेगले सत्तापक्ष र प्रतिपक्षबीच सुरु भएको छलफल समेत विथोलिने पाेखरेलले बताए । राजनीतिक प्रणालीलाई अस्थिर बनाउने उदेश्य अन्तर्गत यो कदम अधि बढाइएकाले एमालेले गम्भीर ढंगले यसको प्रतिवाद गर्ने उनको भनाइ थियो । एमाले संसदीय दलको बैठक भोलिका लागि बोलाइएको छ ।
0 प्रतिकृया