Follow us:


Follow us

२४ जेठ २०८३, आइतवार
२४ जेठ २०८३, आइतवार


राष्ट्रिय ख्रीष्टियन महासंघकाे विशेष केन्द्रिय बैठक सम्पन्न

एक्सन खबर
१ फागुन २०७८


राष्ट्रिय ख्रीष्टियन महासंघकाे विशेष केन्द्रिय बैठक सम्पन्न

काठमाडाैं  । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको विशेष केन्द्रिय समितिको बैठक सम्पन्न भएकाे छ । महासंघका केन्द्रिय अध्यक्ष सी.बी. गहतराजकोे अध्यक्षतामा भएको बैठकले विभिन्न व्यक्तिहरूलाई पदाेन्नति गरेकाे छ ।

अध्यक्ष गहतराजकाे प्रस्तावमा पदाेन्नति हुनेहरूमा सहअध्यक्ष रिता थापा मगर काबोलाई बरिष्ठ सहअध्यक्ष पदमा, उपाध्यक्षहरू अन्ना पेडन र डोमा राई तथा देउमाया तामाङलाई सहअध्यक्ष पदमा, सचिवहरू रेभ. पा. प्रेम कार्की र पा. धन बहादुर थापा (आमेन)लाई उपाध्यक्ष पदमा, सचिव पा. करण सिलवाल र सचिव ए. ज्ञानेन्द्र राज सापकोटालाई उपमहासचिव पदमा पदाेन्नति गरेकाे छ ।

यसैगरी बैठकले केन्द्रिय सदस्य राम महर्जन (रुबिन) र केन्द्रिय सदस्य लैला कुमारी गहतराजलाई सचिव पदमा, केन्द्रिय सदस्य मिना गुरुङ्गलाई सहसचिव पदमा, सालु मोक्तान, एन्जी मोक्तान र पा. बिष्णु साशंकरलाई केन्द्रिय सदस्यमा सर्बसम्मत पदउन्नती तथा मनोनयन गरेकाे छ ।

अध्यक्ष गहतराजले महासंघको विधानको धारा २३ को उपधारा ख को ४ बमोजिम बरिष्ठ सहअध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिएकाेमा बैठकले सर्वसम्मतले पारित पनि गरेको छ ।
बैठकले गत शुक्रबार भएकाे एन.सी.एफ.एन, एन.सी.एस र एफ.एन.सी.एन.को कार्यगत एकता घोषणा सफल भएकोमा अनुमोदन पनि गरेकाे छ ।













0 प्रतिकृया