Follow us:


Follow us

२८ भदौ २०८३, आइतवार
२८ भदौ २०८३, आइतवार


जबराकाे सत्तारूढलाई चुनाैति : दलहरूले अब दुई तिहाइ पुर्‍याउन्

एक्सन खबर
२ फागुन २०७८


जबराकाे सत्तारूढलाई चुनाैति : दलहरूले अब दुई तिहाइ पुर्‍याउन्

काठमाडाैं । संसद सचिवालयमा महाभियाेग प्रस्ताव दर्तासँगै निलम्बननमा परेका प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराले दुई तिहाइ पुर्‍याएर आफूलाई हटाउन भनेका छन् ।

सत्ता गठबन्धनका सांसदले आइतबार जबराविरुद्ध महाभियाेग प्रस्ताव दर्ता गरेसँगै झन्डावाल गाडी सर्वाेच्चमै छाडेर निवास फर्किएका उनले निकटस्थसँग कुरा गर्दै भने, 'दलहरूले संवैधानिक प्रक्रिया सुरु गरे, अब दुई तिहाइ पुर्‍याउन् ।'

संसदबाट महाभियाेग पारित गर्न दुई तिहाइ चाहिने भए पनि सत्ता गठबन्धनसँग त्याे सिट छैन । प्रमुख प्रतिपक्षी एमालेबिना महाभियाेग पारित हुँदैन । २७५ सदस्यीय संसदमा एमालेसंँग ९८, नेपाली कांग्रेससँग ६३, माओवादी केन्द्रसँग ४९, नेकपा एकीकृत समाजवादीसँग २३, जनता समाजवादीसँग २१, लाेकतान्त्रिक समाजवादीसँग १३ तथा राप्रपा, नेमकिपा, राजमो र स्वतन्त्रतर्फ एक/एक सांसद रहेका छन् । जसमध्ये सभामुख र निलम्बनमा रहेका ४ जना सांसदले मतदानमा भाग लिन पाउँदैनन् ।

महाभियोगलाई पारित गर्नका लागि सांसद संख्याको दुई तिहाई अर्थात १ सय ८१ सांसदको मत आवश्यक पर्छ । एमालेबाहेक अन्य सबै दलहरु प्रस्तावको पक्षमा उभिएमा पनि सो मत १७० मात्रै पुग्छ ।

एमालेकाे आइतबारकाे सचिवालय बैठकले महाभियाेग प्रस्तावविरुद्ध प्रतिवाद गर्ने प्रारम्भिक टिप्पणी गरेकाे थियाे । एमाले संसदीय दलकाे बैठक आज बस्दैछ ।













0 प्रतिकृया