एमसीसीमा सहमति जुटेपछि कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु
एक्सन खबर
काठमाडौं । सत्ता गठबन्धन दलहरू विच विवादास्पद एमसीसी परियाेजना संसदमा पेश गर्ने सहमति भएपछि प्रतिनिधिसभाअन्तर्गत कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।
नयाँ बानेश्वरस्थित संसद भवनमा जारी बैठकले आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्ने बताइएकाे छ । यसअघि बसेको सत्तारुढ गठबन्धनको बैठकले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेस गर्ने निर्णय गरेको थियो ।
कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित दलका प्रमुख सचेतकहरू बैठकमा सहभागी रहेकाे समितिका एक सदस्यले बताए ।
0 प्रतिकृया