एमसीसी टेवुल गर्ने प्रस्ताव भएपनि संसद अवरोध कायमै राख्ने एमालेकाे निर्णय
एक्सन खबर
काठमाडौं । गठबन्धन दलहरूले एमसीसी अनुमाेदनका लागि संसदमा टेवुल गर्ने सहमति गरेपनि प्रमुख प्रतिपक्षी दल एमालेले आफ्नो माग पूरा नभएसम्म संसदको अवरोध कायमै रहने बताएको छ । सरकारले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने तयारी गरेका बेला एमालेले संसदमा अवरोध कायमै राख्ने भएको हो ।
संसदमा गर्दै आएको अवरोधलाई माग पूरा नभएसम्म निरन्तरता दिने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । ‘हामीहरूको माग पूरा नभएसम्म संसदमा अवरोध कायमै राख्छौँ’, भट्टराईले भने ।
गत २३ भदौदेखि आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग राख्दै एमालेले लगातार सदन अवरुद्ध गर्दै आएको छ ।
0 प्रतिकृया