Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


एमसीसीको पक्षमा मतदान गर्न सत्तारुढ दलहरुबीच सहमति नभएकाे कांग्रेस प्रवक्ताकाे प्रष्टाेक्ति

कृष्णसिं धामी
९ फागुन २०७८


एमसीसीको पक्षमा मतदान गर्न सत्तारुढ दलहरुबीच सहमति नभएकाे कांग्रेस प्रवक्ताकाे प्रष्टाेक्ति

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्याक्ट (एमसीसी)का विषयमा संसदमा मतदान गर्न सत्तारुढ दलहरुबीच सहमति नभएको बताएका छन् ।

सोमबार बत्तीसपुलतीस्थित अनुपम फुडल्यान्डमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले हालसम्म एमसीसी संसदमा टेबल गर्न मात्र दलहरुबीच सहमति भएको जनाए । ‘एमसीसी संसदमा टेबुल गर्ने सहमति भएको हो । संसदमा मत दिने विषयमा सांसद र दलहरुसँग सहमति भएको छैन,’ कांग्रेस प्रवक्ता महतले भने ।

एमसीसीलाई विवादित बनाउनु दुःखद भएको उनले बताए । एउटै मापदण्डको आधारमा बिदेशी सहयोग लिने नीति बनाउनु पर्ने समेत उनले जनाए । उनले गुण र दोषका आधारमा गठबन्धन टिक्ने बताउँदै भने, ‘टेबुल गर्न जस्तै अनुमोदन गर्न पनि सत्ता गठबन्धनले सहयोग गर्ने विश्वास छ ।’  

एमसीसीलाई अन्य मुद्दासँग जोडेर राजनीति नगर्न उनले सबैलाई आग्रह गरेका थिए । आइतवार संसदमा एमसीसी टेवुल भएपनि सत्तारूढ दलहरू विच पास गर्ने नगर्ने मत विभाजित छ । नेपाली कांग्रेसले एमसीसी पास गर्ने अडान लिइरहँदा गठबन्धनका अन्य दलहरूले कुनै निर्णय गर्न सकेका छैनन् ।













0 प्रतिकृया