पुटिनद्वारा युक्रेनका दुइ क्षेत्रलाई स्वतन्त्र राज्यकाे मान्यता
एजेन्सी
मस्को । रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनको विखन्डनकारीद्वारा नियन्त्रित क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएका छन् । पृथकताबादीले नियन्त्रणमा लिएका स्वघोषित जनगणतन्त्र दोनेत्स्क र लुहान्सकलाई राष्ट्रपतिले स्वतन्त्र राज्यको मान्यता दिएका हुन् ।
यी दुबै क्षेत्रमा विद्रोहीको पकड छ । उनीहरूले युक्रेनी सेनासँग सन् २०१४ देखि लडिरहेका छन् । घोषणा लगत्तै पुटिनले एउटा आदेशमा हस्ताक्षर गरेका छन् जसमा रुसी सेनाले दुवै क्षेत्रमा शान्ति कायम गर्न भूमिका निर्वाह गने उल्लेख छ ।
पुटिनको घोषणासँगै उक्त क्षेत्रमा शान्ति वार्ता समाप्त हुन सक्ने रुसी सेनाले सीमा पार गर्न सक्ने अनुमान गरिएको छ । एउटा टेलिभिजन सम्बोधनमा युक्रेनसँग सच्चा राष्ट्रको इतिहास नभएको बताएका छन् । पुटिनको कदमको अमेरिका, नेटो गठबन्धन फौजलगायत अन्तर्राष्ट्रिय जगतले निन्दा गरेका छन् । युक्रेनी राष्ट्रपतिले कसैसँग नझुक्ने बताएका छन् ।
0 प्रतिकृया