Follow us:


Follow us

२८ भदौ २०८३, आइतवार
२८ भदौ २०८३, आइतवार


स्थानीय तहकाे निर्वाचन घाेषणाविरुद्धकाे रिटमा प्रारम्भिक सुनुवाइ हुँदै

एक्सन खबर
१० फागुन २०७८


स्थानीय तहकाे निर्वाचन घाेषणाविरुद्धकाे रिटमा प्रारम्भिक सुनुवाइ हुँदै

काठमाडौं । स्थानीय तहको निर्वाचनकाे घाेषणाविरुद्व दर्ता भएको रिटमा आज मंगलबार सर्वाेच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ। सरकारले ३० वैशाखमा एकसाथ ७५३ वटै स्थानीय तहकाे चुनाव घाेषणा गरेपनि ०७४ मा दाेस्राे र तेस्राे चरणमा निर्वाचन भएका स्थानीय तहका जनप्रतिनिधिकाे कार्यकाल पाँच वर्ष नपुग्नेभन्दै रिट दायर भएकाे थियाे ।

महोत्तरीको भँगाहा नगपालिका मेयर सञ्जीवकुमार साहले दायर गरेको रिटमा पहिलो पेसी आजलाई तोकिएको छ। सर्वोच्च अदालत प्रशासनले सुरुमा उनकाे रिट दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको थियो । पछि तर इजलासको आदेशबाट रिट दर्ता भएको हाे ।

०७४ मा स्थानीय तहकाे निर्वाचन तीन चरणमा भएकाे थियाे । तर, याे पटक ७५३ वटै स्थानीय तहकाे निर्वाचन एक पटक गर्न लागिएकाे हाे ।

 













0 प्रतिकृया