Follow us:


Follow us

२८ भदौ २०८३, आइतवार
२८ भदौ २०८३, आइतवार


'सरकार ढाल्दैनौं, दुई तिहाई नजिक पुर्‍याउँछौं, अघि बढ्नुस्'

एक्सन खबर
१० फागुन २०७८


'सरकार ढाल्दैनौं, दुई तिहाई नजिक पुर्‍याउँछौं, अघि बढ्नुस्'

काठमाडौं । एमसीसी सम्झौतालाई जसरी पनि पास गराउन बल गरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो केही दिन सक्रियता बढाए । गठबन्धनका मुख्य दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अध्यक्षसँगको छलफलसँगै उनले प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीसँग पनि कुराकानीलाई अघि बढाए ।

एमसीसी पास गर्न देउवाले कतै ओलीको साथ लिने त होइन भन्ने माओवादी र एकीकृत समाजवादीको आशंकाबीच देउवाले दूतमार्फत वा आफैं पुगेर प्रयास जारी राखेका छन्।

केही दिनअघि बालकोट पुगेका देउवाले ओलीसँग एमसीसी र सरकारको बारेमा चासो राखेका थिए । बालकोट निकट स्रोतका अनुसार देउवाले ओलीसँग कतै चुनावी तालमेल माओवादी वा नेकपा एससँग हुने त होइन भन्दै आशंका गरेका थिए । ओलीले यो चुनावमा कोहीसँग गठबन्धन नहुने आश्वस्त पार्दै सरकार नढल्नेमा देउवालाई विश्वस्त तुल्याए ।

'प्रधानमन्त्रीको सरकार गिर्छ कि भन्ने आशंका रहेछ' बालकोट निकट स्रोतले भन्यो, 'अध्यक्षज्यूले गठबन्धन नहुने र सरकार नढल्ने कुरामा आश्वस्त पार्नु भयो ।' देउवासँगको भेटमा ओलीले सरकारलाई दुई तिहाइ नजिक पुर्‍याउने जिम्मा आफूहरुको भएकोमा आश्वस्त हुन आग्रह गरेको थियो ।

एमाले, लोसपा र जसपाको एउटा पक्षलाई लिएर सरकारलाई दुई तिहाइ नजिक पुर्‍याउने ओलीको भनाइ थियो । एमसीसीका विषयमा ओली प्रष्ट जवाफ नदिए पनि विवेक पूर्‍याएर निर्णय गरेर अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ ।













0 प्रतिकृया