देउवा, प्रचण्ड र नेपालकाे छलफल बालुवाटारमा
एक्सन खबर
काठमाडौं । सत्तारुढ गठबन्धनका प्रमुख तीन दलका शीर्ष नेताबीच बालुवाटारमा छलफल जारी रहेको छ । बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल शनिबार साँझ छलफलमा जुटेका हुन् ।
अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने विषयमा एकमत नरहेको सत्ता गठबन्धनका नेताहरू पुन: एक पटक छलफलमा जुटेका छन् ।
कांग्रेस जसरी एमसीसी पास हुनुपर्ने पक्षमा छ । तर, माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसीको विषयमा फरक मत राख्दै आएका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अहिले सम्म आधिकारिक धारणा सार्वजनिक गर्न सकेकाे छैन ।
0 प्रतिकृया