Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


रुस-युक्रेन विचकाे वार्ता अर्थहिन

एक्सन खबर
फागुन, १७, २०७८


रुस-युक्रेन विचकाे वार्ता अर्थहिन

किभ । युक्रेन संकटलाई लिएर युक्रेन र रुसी अधिकारीहरुबीच सम्पन्न पहिलो चरणको वार्ता सकिएको छ । युक्रेन र बेलारुसको सीमामा भएको सो वार्ताले खासै नतिजा नल्याएको प्राप्त विवरणहरुमा जनाइएको छ ।

थप परामर्श गरेर फेरि दोस्रो चरणको वार्ता गर्ने सहमति भएको थियो । वार्तामा युक्रेनले युद्धविरामको प्रस्ताव गरेको र रुसले त्यसलाई ठाडै अस्वीकार गरेको बताइएको छ । दोस्रो चरणको वार्ता अघि दुबै देशका अधिकारीहरु थप छलफलका लागि सम्बन्धित देशको राजधानी फर्किएको युक्रेनी राष्ट्रपतिका सल्लाहकारले जनाएका छन् ।

तत्काल युद्धविराम गर्न र रुसी फौजलाई फिर्ता गर्ने विषयमा छलफल गर्ने उदेश्यसहित दुई पक्षबीच वार्ता भएको थियो । रूस र युक्रेनविचकाे युद्धले विश्व नै प्रभावित र विभाजित हुने परिस्थिती बन्दै गइरहेकाे भन्दै चिन्ता व्यक्त गरिएकाे छ ।
 













0 प्रतिकृया