Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


सभागृहमा माओवादीको केन्द्रीय समिति बैठक सुरु

एक्सन खबर
फागुन, २०, २०७८


सभागृहमा माओवादीको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । राष्ट्रिय सभागृहमा बैठक सुरु भएको केन्द्रीय सदस्य पूर्ण कुमारी सुवेदीले जानकारी दिइन् । यसअघि बिहान ११ बजेदेखि सुरु हुने भनिएको बैठक नेताहरुको आन्तरिक छलफलको कारण साढे दुई घण्टा ढिला गरी सुरु भएको हो ।

बैठकमा पार्टीका पदाधिकारी चयन गर्ने तयारी गरिएको छ । ११ देखि १८ पुसमा सम्पन्न माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनले पदाधिकारी चयनको अधिकार केन्द्रीय समितिलाई दिएको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी प्रतिनिधिसभाबाट अनुमोदनपछि माओवादीका नेताहरुबीच खटपट भएको छ ।

नारायणकाजी श्रेष्ठ लगायतका केही नेताले पार्टीभित्र ‘विद्रोह’ गर्दै छुट्टै छलफल गरेका छन् । उनीहरुले पार्टीभित्रै संघर्ष गर्ने वा छुट्टै पार्टी गठन गर्नेसम्मका विषयमा छलफल गरेका छन् । बैठकमा नेता श्रेष्ठ पनि सहभागी भएको नेतृ अन्जना बिशंखेले जानकारी दिइन् । आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा यो समूहले नेतृत्वको कमजोरी देखाउँदै आफ्नो भनाइ राख्ने तयारी गरेको बुझिएको छ ।













0 प्रतिकृया