Follow us:


Follow us

१२ जेठ २०८३, मङ्गलवार
१२ जेठ २०८३, मङ्गलवार


अबको निर्वाचनमा सुनसरी–३ मा भगवती चौधरीको विकल्प छैन

एक्सन खबर
फागुन, २१, २०७८


अबको निर्वाचनमा सुनसरी–३ मा भगवती चौधरीको विकल्प छैन

सुनसरी । सरकारले आउँदो बैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै सुनसरी जिल्लामा नेकपा एमालेले सांगठनिक गतिविधि तथा चुनावी प्रशिक्षण बढाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाबी प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम उद्घाटन गरेसँगै स्थानीय तहको निर्वाचनमा बहुमत हासिल गर्ने गरी तयारी थालेको हो ।

यसपल्ट सुनसरीका चारवटै क्षेत्रमा नेकपा एमालेले विशेष रणनीति बनाउँदै लालकिल्ला कायम गर्ने योजना बनाएको छ । सोहि अन्तरगत जिल्ला नेतृत्वले रणनीति बनाइरहेको छ । सुनसरी क्षेत्र नं. ३ लाई योपल्ट एमालेले विशेष प्राथमिकतामा राखेको छ । पूर्वराज्यमन्त्री भगवती चौधरीसँगै कांग्रेस नेता विजयकुमार गच्छदारको पनि क्षेत्र भएकाले एमालेले यसपल्ट यो क्षेत्रलाई विशेष महत्वका साथ राखेको हो ।

लघुवित्त कार्यक्रममार्फत देशभरका महिलाहरु माझ परिचित नेतृ चौधरीलाई गच्छदारले निर्वाचनमा २÷२ पटक सड्यन्त्रपूर्वक पराजित गरेको स्थानीय मतदाताको ठहर छ । र, अब त्यसको बदला लिने समय आएको जनआवाज छ । त्यसो त सुनसरी क्षेत्र नं. ३ का जनताले यसअघिका दुईवटै निर्वाचनमा परिवर्तनको संखनाद गरेका थिए । तर, राजनीतिक दाउपेज र सड्यन्त्रका अनुभवी खेलाडी गच्छदारले जनताको परिवर्तनको चाहनालाई सत्ता र कुर्सीको बलमा सफल हुन दिएनन् । यद्यपि, बैशाख ३० को स्थानीय निर्वाचनबाटै सो क्षेत्रमा एमालेले पकड जमाउने रणनीति बनाइएको छ । ‘गच्छदारजी पटक–पटक यहीँबाट जितेर मन्त्री बन्नुभयो तर, हाम्रो लागि खासै काम गर्नुभएन तर, भगवतीजीले सत्ताभन्दा बाहिर रहेरपनि धेरै गर्नुभएको छ ।’ स्थानीय आसिफ अन्सारी भन्छन्–‘हामीले उहाँलाई १० वर्ष अगाडी नै जिताएको हो तर, राजनीतिक सड्यन्त्रमा पर्नुभयो । अबको निर्वाचनमा उहाँको विकल्प कोही छैन ।’



पछिल्लो समय नेतृ चौधरी आफ्नो जिल्ला र क्षेत्रमा रहेका जनतालाई नेकपा एमालेप्रति आकर्षित गर्न र जनताका आधारभूत एजेण्डाहरु स्थापित गर्ने/गराउने अभियानमा सक्रियताका साथ लागेकी छन् । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, फरवार्ड इन्टरप्राइजेज, फरवार्ड बचत तथा ऋण सहकारी मार्फत गाउँगाउँमा छरिएर रहेका पुँजीहरुलाई एकीकृत गर्दै उद्यमशिलता अभियान चलाउँदै आएकी उनले आफ्नो क्षेत्रका जनतालाई आर्थिकसँगै राजनीतिक परिवर्तन दिलाएरै छाड्ने प्रण गरेकी छन् ।


‘राजनीतिक, आर्थिक, सामाजिक अधिकार प्राप्त नभएसम्म जनताले परिवर्तनको प्रत्याभूत गर्दैनन् । यो क्षेत्रले डेढ दशकदेखि परिवर्तनको माग गरेपनि पुरा हुन सकेको छैन ।’ जनतालाई पटकपटक धोका दिएर सड्यन्त्रपूर्वक सत्तामा गएकाले आफ्नो कर्तव्य विर्सँदा सुनसरी क्षेत्र नं. ३ का जनता बत्तिमुनीको अध्यारोमा बस्नु परेको उनको भनाई छ । ‘समाजवाद, आर्थिक शशक्तिकरण, समानताका नाराहरु घरघर पुगेपनि जनताको प्रतिनिधि बनेर सत्तामा गएकाले ती नाराहरुलाई पुरा नगर्दा यो क्षेत्र पछाडी पर्यो ।’ नेतृ चौधरी भन्छिन् ।

गरिबी, असमानता त्यत्तिकै हट्दैन, त्यसकालागि राजनीतिक, आर्थिक तथा सामाजिक अधिकार घरघरमा पुग्नुपर्दछ । तर, चार दशक सुनसरी क्षेत्र नं. ३ बाट राजनीतिमा एकछत्र राज गरेका विजयकुमार गच्छदारले आफ्नै घरअगाडीका जनताका दुखःपिडा रत्तिभर कम गर्न सकेनन् । उत्टै आफ्नो क्षेत्रका लागि आएको बजेट समेत रकमान्तरण गरेर अन्यत्र पठाएको आरोप छ । आफ्नै घरका जनताबाट मत पाएर चार दशक गच्छदारले राजनीतिक, आर्थिक, सामाजिक रुपमा जुन उचाई प्राप्त गरे त्यसको एक अंशमात्र आफ्नो क्षेत्रका जनताप्रति खर्च गरिदिएको भए आज सुनसरी क्षेत्र नं. ३ मुलुककै उदाहरणीय क्षेत्रको रुपमा परिचित हुन्थ्यो । जनताका घरघरमा विकासमा आधारभूत तत्वहरु पुग्दथे । शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, सिँचाई, रोजगारी गाउँगाउँ पुग्दथे । तर, विडम्बना गच्छदारले अन्य क्षेत्रका जनतालाई उज्यालो बनाउन हात हाले तर, आफ्नै घर अगाडी रोग, भोक र शोकले पिल्सिएर बसेका जनतालाई देख्न सकेनन् ।

भगवती चौधरीसँग आर्थिक शशक्तिकरणको बलियो एजेण्डा छ । महिलालाई आर्थिक रुपमा सवल बनाउँदा मात्र घर परिवार र समाजमा परिवर्तन आउँछ भन्ने चौधरीको दृष्टिकोण छ । चौधरीले तय गरेको महिला आर्थिक शशक्तिकरणको अभियान कुनै लहडले आएको हैन । तीन दशकदेखि लघुवित्त कार्यक्रम मार्फत महिला शशक्तिकरण, उद्यमशिलता, सामाजिक जसेचना लगायतका अभियान चलाएर हासिल गरेको राष्ट्रिय अन्तराष्ट्रिय अनुभवले नै चौधरीले आर्थिक शशक्तिकरणको बाटो पहिल्याएकी हुन् । ‘विश्वका विकसिल र विकाससिल राष्ट्रहरुले उद्यमशिलतामा जोड दिएकैले समुन्नत भएका हुन् । दक्षिण एशियाली राष्ट्रहरुमा अर्थतन्त्रमा हामीभन्दा कमजोर रहेका मुलुकहरु अहिले सम्पन्न बन्नुमा उद्यमशिलता नै प्रमुख हो ।’ फरवार्ड माइक्रोफाइनान्समार्फत देशका कुनाकन्दरासम्म उद्यमशिलता पुर्याएकी चौधरी भन्छिन् ।



सुनसरी क्षेत्र नं. ३ लाई आर्थिक शशक्तिकरणको केन्द्र विन्दु बनाउने उनको उद्देश्य छ । त्यसो त नेतृ चौधरीकै अध्यक्षतामा सञ्चालित फरवार्ड माइक्रोफाइनान्सले गाउँगाउँमा वित्तीय साक्षरतासहित लघुउद्यम सञ्चालन गरेर एकहदसम्म समाजमा सचेतना दिइरहेको छ । ग्रामिण महिला उत्सुकता विकास मञ्चमार्फत महिलालाई सिपमुलक तालिम दिने, आर्थिक सचेतना दिने र माइक्रोफाइनान्समार्फत सहुलियत कर्जा प्रवाह गरी महिलाहरुलाई स्वरोजगार, अत्मनिर्भर बनाइने गरिएको छ । यो अभियानमा सुनसरी ३ मा मात्रै करिब ३५ हजार महिला जोडिएका छन् । देशभरको कुरा गर्दा करिब अढाई लाख महिला जोडिएका छन् । गाउँघरमा छरिएर रहेका स–साना पुँजीलाई एकत्रित गरी समुहमै लगानी गर्ने माइक्रोफाइनान्सको प्रमुख उद्देश्य रहेकोमा त्यसले महिला स्वरोजगार, उद्यमशिल, आत्मनिर्भरताको पुलको काम गरेको छ ।

नेतृ चौधरी नेकपा एमालेकी एक इमान्दार, सिद्धान्तनिष्ट कार्यकर्ता पनि हुन् । पार्टीले समृद्ध मुलुक सुखी नेपालीको अभियान ल्याएसँगै त्यसलाई ग्रासरुटमै कार्यान्वयन गर्न उनले अहम् भूमिका निर्वाह गर्दै आइरहेकी छन् । आर्थिक क्षेत्रमा विशेष दख्खल भएकी नेतृ भगवती चौधरीसँग अवसर पाए जस्तोसुकै जिम्मेवारी इमान्दारपूर्वक पुरागर्ने क्षमता र योग्यता पनि छ । तर, राजनीतिमा क्षमता र योग्यताले मात्रै पुग्दोरहेनछ । भगवती चौधरीसँगको क्षमता र योग्यतालाई पार्टीले समेत समुचित कदर नगर्दा कहिलेकाँही उनमा विद्रोह, आक्रोश र निराशा देखिन्छ । त्यहि भएर उनी बेलाबेला आफ्नै नेतृत्व प्रति कटाक्ष गर्नपनि पछि पर्दिनन् ।

‘मैले आफुलाई नै सहि भनेको हैन तर, म भन्दा कमजोर, भर्खरै राजनीतिमा आएकाहरु माथि गएको देख्दा चैं म किन पछि परें ? पारिएँ ? भन्ने गुनासो छ ।’ चौधरीको गुनासो अस्वभाविक पनि हैन । २०४८ सालदेखि नै नेकपा एमालेको राजनीतिमा होमिएकी उनीभन्दा धेरैपछि राजनीतिमा आएकाहरु धेरै माथि पुगिसके । जिम्मेवारी पाउनु एउटा कुरा होला तर, त्यसलाई इमान्दारितापूर्वक पुरागर्नु महत्वपूर्ण कुरा हो । नेकपा एमालेको राजनीतिमा कामभन्दा कुरा बढी गर्ने, नेतृत्वको चाकडी चाप्लुसी गर्नेहरुको जमातले नै इमान्दार नेता कार्यकर्ताहरु हतास भएका छन् ।

सुनसरी क्षेत्र नं. ३ मा भगवती चौधरीको विकल्प छैन । यहाँका जनतालाई रोग, भोक र शोकबाट कसैले मुक्ति दिलाउँछ भने त्यो भगवती चौधरी नै हो । व्यक्तिगत रुपमा नेतृ चौधरीले देश, जनता र समाजकालागि राज्यले भन्दा बढी गरेकी छन् । तर, राज्यले जति गर्न सक्छ एउटा व्यक्तिले पक्कै गर्न सक्दैन ।












0 प्रतिकृया