Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


माओवादी केन्द्रीय कमिटी बैठक आज पनि

एक्सन खबर
फागुन, २३, २०७८


माओवादी केन्द्रीय कमिटी बैठक आज पनि

काठमाडाैं । सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज साेमबार पनि बस्दैछ । बैठक बिहान ११ बजे अनुपम फुडल्याण्डमा बस्ने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

माओवादी केन्द्रीय कमिटी बैठक गत शुक्रबारबाट सुरु भएको हो । आइतबार दुई पटक सारिएको बैठक आज बस्न लागेको हाे । आजको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन  लगायतका एजेण्डामा छलफल हुने उनले बताए ।

माओवादीले पदाधिकारीसँगै स्थायी कमिटी चयनको तयारी थालेको छ । गत शुक्रबारको बैठकमा एमसीसीलगायतका समसामयिक विषयमा छलफल भएको थियो । ढकालका अनुसार बैठकको कार्यसूची  कार्ययोजना  निर्माण र संगठन हुनेछ । गत पुसमा सम्पन्न माओवादीको आठौँ महाधिवेशनले २४७ केन्द्रीय सदस्य चयन गरेको थियो ।













0 प्रतिकृया