माओवादी केन्द्र गठबन्धन भए राम्राे नभए आफैं लड्ने
कृष्णसिं धामी
काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गरेर गठबन्धनसँग तालमेलका लागि कार्यदल बनाउने भएको छ । सोमबार काठमाडौंमा सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले गठबन्धनसहित निर्वाचन जाने विषयमा टुंगो लगाउन कार्यदल बनाउने निर्णय गरेको हो ।
‘आफ्नै एकल शक्तिमा निर्वाचनमा जाने तयारी गर्ने र गठबन्धन भएमा राम्रो, नभए आफैं लड्ने तयारी गर्ने निर्णय भएको छ’, नेता वर्षमान पुनले भने ‘सबै पालिका र वडासम्मका लागि निर्वाचन तयारी समिति बनाइसकेको र गठबन्धनसँग तालमेलका लागि निर्णय गर्ने अनि त्यसरी नै तालमेल हुने छ ।’
उनले हरेक पालिकामा लोकप्रिय र योग्य उम्मेदवारको सूची बनाएर पठाउने, त्यही सिफारिस अनुसार उम्मेदवार बनाउने बताए । माओवादीले आगामी चुनावमा तालमेल गर्ने बताइरहँदा सत्ता गठबन्धनको अर्को दल नेपाली कांग्रेसमा भने गठबन्धनसहित चुनावमा जाने विषयमा विमति देखिएको छ ।
यस्तै, माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनअघि पदाधिकारी, स्थायी समिति र पोलिट्ब्युरो नबनाउने भएको छ । चुनावअघि समयको अभावमा पदाधिकारी, स्थायी समिति र पोलिट्ब्युरो गठन गर्न नसकिने नेता वर्षमान पुनले जानकारी दिए ।
काठमाडौंकाे बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा सोमबार बसेको केन्द्रीय समिति बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग उनले भने, ‘समयको अभावका कारण हामी अहिले चुनावअघि पदाधिकारी, स्थायी समिति र पोलिट्ब्युरो बनाउँदैनौँ ।’
तर, अध्यक्षलाई निर्णय गर्न सहयोगीका रूपमा सानो आकारको केन्द्रीय कार्यालय बनाउने उनको भनाइ छ । पार्टीका संरचनामा पदाधिकारी नहुँदा चुनावलाई प्रभाव नपर्ने बताएका उनले विचार र नीतिले निर्वाचनमा अर्थ राख्ने बताए ।
यसैबीच, अमेरिकी सहयाेग परियाेजना एमसीसीविरुद्ध पार्टीका प्रमुख सचेतक देव गुरुङ, लीलामणि पोखरेल र कृष्णबहादुर महराले ‘नोट अफ डिसेन्ट’ दर्ता गराएको विषयमा सोमबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी गराएका छन् । यसलाई छलफलमा लगेर एमसीसीबारे समान धारणा बनाउने उनको भनाइ छ ।
यस्तै माओवादी केन्द्रले केन्द्रीय समिति सदस्यको नाम पनि प्रस्ताव गरेको छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ९७ जना केन्द्रीय सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गरेका हुन् ।
यी हुन् प्रस्तावित केन्द्रीय सदस्यहरू
समानुपातिक र खुलतर्फ दलित पुरुषतर्फबाट
शंकर दुलाल
ठाकुर बिक
टेकबहादुर मिजार
रणेन्द्र बराइली
कर्णबहादुर बिक
रामलाल बिक
दलित महिला
अनिता परियार
दलित महिला युवा
सपना परियार
मुस्लिम पुरुष
अतर हुसेन
रजि हैदर
कोहिद अन्सारी
इश्रार खान
मुस्लिम महिला
शेख चाँद तारा
मधेसी पुरुष
सूर्य नाथ यादव
अशोक जयसवाल
सत्य नारायण भगत
दिलीप शाह
उमेशकुमार यादव
रामसिंह यादव
राधेश्याम पासवान
शिवराम यादव
मधेसी महिला
निशा साह
इन्धु शर्मा
तारा महता
रूबी कर्ण
सुनिता महतो
अनिता हरिजन
सोनिया यादव
खस आर्य महिला
भेषकुमारी रावत
भवानी थापा
कञ्चन खनाल
गंगा दाहाल
कमल नहकी
करूणा बस्नेत
सीता आचार्य
जनजाति पुरुष
देवेन्द्र श्रेष्ठ
क्षेत्रबहादुर श्रेष्ठ
कुशल लिम्बू
दीर्घ श्रेष्ठ
धनबहादुर मास्की
दिनेश महर्जन
राजकाजी महर्जन
रञ्जित तामाङ
सत्यनारायण शेरचन
भीमकुमारी बाड्खा
जनजाति महिला
पार्वती पुन
दिलमाया रोका
दुर्गा राई
सिर्जना तरामु
मधेस थारू पुरुष
विजय महतो
बिनिता थारू
खस आर्य युवा
जीवन आचार्य
सुमन देवकोटा
सुदीप कुँवर
रमेश मल्ल
खिलप्रसाद बुढाथोकी
केन्द्रीय प्रतिनिधितर्फ
बाबुराम गौतम
जनजाति पुरुष
सूर्यमान दोङ
खसआर्य पुरुष
इन्द्र गोतामे
पारसमणि
शैलेन्द्र घिमिरे
जनजाति पुरुष
कपिल लामा
खसआर्य पुरुष
गोविन्द पौडेल
दीपक कोइराला
कमल चुडाली
नारायण अधिकारी
गगनबहादुर खड्का
मंगलबहादुर शाही
कर्णबहादुर बस्नेत
खस आर्य पुरुष युवा
झपट साउद
शिवसिंह ओली
रत्न ढकाल
नरेन्द्र न्यौपान
सन्तोष विष्ट
लिकराज भण्डारी
सुरेन्द्र बस्नेत
दीपक देवकोटा
उत्तम अधिकारी
विजय गौतम
प्रकाश विकल्प
विमल अधिकारी
डा भरत लामिछान
प्रस्तावित केन्द्रीय प्रतिनिधि खस आर्य पुरुष
विष्णु सापकोटा
हरि ज्ञवाली
टेकेन्द्र भट्ट
गोपाल शर्मा
खोपबहादुर कँडेल
झलक सिंह
डीपी ढकाल
जनजाति पुरुष
कालीबहादुर मगर
खस आर्य महिला
सुनिता गौतम
सावित्री बुढाथोकी
सरस्वती न्यौपाने
अमृता नेपाल
कृष्णा केसी
खस आर्य पुरुष
रामनारायण बिडारी
0 प्रतिकृया