Follow us:


Follow us

२८ भदौ २०८३, आइतवार
२८ भदौ २०८३, आइतवार


‘तोकिएको शिर्षक भन्दाबढी शुल्क लिइएको छैन’ नोवेल मेडिकल कलेज

एक्सन खबर
फागुन, २५, २०७८


‘तोकिएको शिर्षक भन्दाबढी शुल्क लिइएको छैन’ नोवेल मेडिकल कलेज

काठमाडौं । विराटनगरस्थित नोवेल मेडिकल कलेजको १५ औं व्याचमा भर्ना प्रक्रिया पुरा गरी एमविविएस शैक्षिक कार्यक्रममा अध्ययन गर्नुपर्ने केही विद्यार्थीहरुले कलेजका बारेमा कपोकल्पित र भ्रामक कुराहरु विभिन्न सञ्चारमाध्यममा सम्प्रेषण गरेको प्रति कलेज प्रशासनले गम्भिर आपत्ति जनाएको छ ।

चिकित्सा शिक्षा आयोगद्वारा तोकिएको भन्दा बढी कुनैपनि शुल्क माग नगरिएपनि विद्यार्थीहरुले जनमानसमा भ्रम फैलाउने कार्य गरेको भन्दै कलेज प्रशासनले आपत्ति जनाएको हो । आज कलेज प्रशासनले विज्ञप्ति जारी गर्दै कलेजले उक्त व्याचका कुनैपनि विद्यार्थीहरुसँग आयोगले तोकेको शिर्षकहरुमा तोकिएको भन्दा बढी कुनै शुल्क माग नगरेको र नलिएको प्रष्ट्याएको छ ।

कलेजका प्राचार्य प्रा.डा. रामहरि घिमिरेले यसप्रकारको भ्रामक सूचनाहरु प्रवाह नगर्न विद्यार्थीहरुलाई आग्रह गरेका छन् । भने, विद्यार्थीहरुका काल्पनिक कुरामा विस्वास नगर्न पनि भनिएको छ ।

कलेजले २०७८ पुस ३० गते कलेज प्रशासन, चिकित्सा शिक्षा आयोग, काठमाडौं विश्वविद्यालय र शिक्षा मन्त्रालयविच भएको लिखित सहमतिको अक्षरसः पालन गर्न कलेज प्रशासन प्रतिबद्ध रहेको पनि जनाएको छ ।

यसैगरी कलेजको बारेमा कपोकल्पित भ्रामक कुराहरु फैलाउने विद्यार्थीलाई कलेजमा उपस्थित भई अध्ययन गर्न कुनै वाधा व्यवधान नरहेको हुँदा हाल सम्म पनि नियमित अध्ययन प्रकृयामा समावेश नभएका विद्यार्थीहरुलाई यथासक्य चाँडो कलेजको सम्पर्कमा आई आफ्नो अध्ययन कार्यमा सहभागी हुनु भनी निर्देशित गरिदिन आयोग र काठमाडौं विश्वविद्यालयलाई समेत आग्रह गरेको छ ।












0 प्रतिकृया








लोकप्रिय