‘एमसीसीका विषयमा कम्युनिष्टहरूले छरेकाे भ्रम कांग्रेसले चिर्छ’ जितजंग बस्नेत
एक्सन खबर
काठमाडाैं । जनताको पीरमर्का कम्युनिष्टले बुझ्न नसक्ने नेपाली कांग्रेसका नेता जितजङ्ग बस्नेतले बताएका छन्। कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले आजबाट सुरु गरेको ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको उद्घाटन गर्दै बस्नेतले भक्तपुरकै एमाले नेता महेश बस्नेत जनता कोरोना महामारीसँग जुधिरहेको बेला संसद् अपहरणमा लागेको आरोप पनि लगाए ।
कांग्रेस केन्द्रीय सदस्य समेत रहेका बस्नेतले नेपालका कम्युनिष्टहरू जनताप्रति भन्दा पनि कुर्सी र सत्ताका लागि राजनीति गरिरहेकाे बताए । कम्युनिष्ट जनताको सेवामा कति समर्पित छन् भन्ने कुरा कम्युनिष्टहरूकाे पछिल्ला गतिविधिबाट प्रष्ट हुँदै गएकाे जिकिर गरे ।
बस्नेतले जनताको समस्या बुझ्ने पार्टी नेपाली कांग्रेस मात्र भएकाले आगामी निर्वाचनमा कांग्रेसलाई जिताउनुपर्ने बताए । 'एमसीसी पास नभएको भए नेपालले अन्य दातृ निकायको विश्वास गुमाउनुपर्ने थियो एमसीसीबारे पनि कम्युनिष्टहरूले भ्रम फैलाए ।’ नेता बस्नेतले भने ।
उनले एमसीसीका विषयमा कम्युनिष्टहरूले छरेकाे भ्रम कांग्रेसले गाँउगाँउ गएर चिर्ने पनि बताए । मुलुक र जनताकाे वृहत्तर हितकालागि नेपाली कांग्रेस एकतावद्ध भएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए। 'तँ र म भनेर होइन हामी भनेर लागौं जित हाम्रै हुनेछ ।’ उनले भने । सङ्गठनमा काम गरेका नेता कार्यकर्ताहरूकाे पार्टीले उचित मल्याङ्कन गर्ने बस्नेतकाे भनाइ छ ।
0 प्रतिकृया